दक्षिण कोरियाली मन्त्री विश्व व्यापार संगठन प्रमुखमा अन्तिम छनौट !

कोरिया आज

सोल

दक्षिण कोरियाली व्यापार मन्त्री यो मियोङ ही विश्व व्यापार संगठन प्रमुख पदका लागि अन्तिम दुईमा छनौट भएकी छन् ।

रोयटर्समा प्रकाशित समाचार अनुसार अब उनको प्रतिस्पर्धा नाइजेरियाका ङोजी ओकोञ्जो ईवेलासँग हुने छ ।

विश्व व्यापार संगठनले भने अन्तिम दुइ उम्मेद्वारहरुको नामावली जेनेभा समय अनुसार ढीला गरेर मात्र प्रकाशित गर्ने बताएको छ । अब प्रमुख छान्ने जिम्मा संगठनका सदस्य मुलुकहरुलाई दिइने छ ।

सदस्य राष्ट्रहरुको मतका आधारमा प्रमुखको छनौट गरिने छ । मेक्सिको , इजिप्ट तथा माल्दोभाका प्रतिनिधिहरु पहिलो चरणबाटै बाहिरिएका थिए भने दोश्रो चरणमा यो मियोङ हीको प्रतिस्पर्धा साउदी अरब तथा बेलायती प्रतिनिधिसँग भएको थियो ।

विश्व व्यापार संगठनको नयाँ प्रमुखको टुङ्गो नोभेम्बरको सुरुवाती दिनहरुमा नै लगाउने संगठनले तयारी गरेको छ । जेनेभा आधारित ब्यापार संगठन प्रमुख पदका लागि दक्षिण कोरियाको यो तेश्रो प्रयास हो ।यस अघि सन् १९९४ तथा २०१२ मा समेत दक्षिण कोरियाले उम्मेद्वारी दिएको थियो ।

योले आफ्नो प्रचारका क्रममा बहुआयामिक ब्यापार नितिको पक्षधर आफू रहेको र उनले प्रचारका क्रममा अमेरिका , स्विजर्ल्याण्ड , स्वीडेन लगायतका महत्वपुर्ण देशहरुको भ्रमण समेत गरेको समाचारमा बताइएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *