कोरियन महिला द्वारा गर्भपतन सम्बन्धी नियमको स्वागत !

कोरिया आज

सोल

दक्षिण कोरिया सरकारले गर्भपतनसम्बन्धी कानुन ल्याइने भएको समाचारको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन् ।

दक्षिण कोरियाको कानुन मन्त्रालयले बुधबार यहाँको सरकारले गर्भपतनलाई मान्यता दिने कानुनलाई संसदमा पेश गर्न लागेको जानकारी दिएको थियो ।

यहाँको सरकारले दक्षिण कोरियाका महिलालाई बढीमा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा गरिएको बताएको थियो । अब यो कानुन आएपछि यहाँका महिलाले आफैले इच्छा गरे बमोजिम नै गर्भपतन गराउन पाउने छन् ।

यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । गर्भवती महिलामा गम्भीर प्रकृतिको रोग देखिएमा , बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा मात्र महिलाले गर्भपतन गराउन पाउँथे ।

तर महिला अधिकारवादीहरुले महिलाको इच्छाबमोजिम गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका र सरकारले यो कानुन ल्याउने भएपछि त्यसको स्वागत गरेका हुन् ।

यहाँको अदालतले महिलाले गर्भपतन गराउन पाउनेगरी कानुन बनाउन भनेको थियो । यो कानुन बन्ने भएपछि यहाँका महिला अधिकारवादीहरुले यस कानुनको स्वागत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *