दक्षिण कोरियामा खुल्यो विश्वकै ठूलो छालयुक्त स्विमिङ पूल

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाको सिहियुङमा विश्वकै ठूलो छालयुक्त स्विमिङपूल सञ्चालनमा आएको छ । पानीमा गरिने विविध खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने उद्देश्य सहित उक्त पूलको सुरुवात गरिएको हो ।

कृतृम आइल्याण्ड बनाई उक्त आइल्याण्डमा नै बनाइएको उक्त कृतृम स्विमिङपूलले विहिबारबाट आफ्नो सेवा दिन थालेको छ । १ लाख ६६ हजार बर्गमिटर क्षेत्रफलमा बनाइएको उक्त पर्यटकीय गन्तव्य निर्माणमा करिव ४८६ मिलियन अमेरिकी डलर खर्च भएको छ ।

उक्त स्विमिङ पूलमा क्यानोइङ, स्कुवा डाइभिङ लगायतका खेलहरु सञ्चान गर्न सकिने छ । २२० मिटर लामो र २४० मिटर चौडा रहेको उक्त स्विमिङपूलमा हरेक ८ सेकेण्डमा २.४ मिटर सम्मका छालहरु उत्पन्न हुन्छन् । एक पटकमा १५० जना सम्मले उक्त स्विमिङपूलमा मनोरञ्जन लिन सक्ने सञ्चालकले बताएका छन् ।

सन् २०२५ सम्ममा सम्पूर्ण निर्माण सम्पन्न भइक्ने उक्त स्थानमा हाल इको साइन्स पार्क तथा फूड स्टलहरुको निर्माण कार्य चलिरहेको छ । उक्त पर्यटकीय गन्तव्य सिहियुङ नगर सरकार, ख्योङ्गी प्रान्त सरकार तथा कोरिया जलसम्पदा विभागको संयुक्त लगानीमा डाइवन प्लस कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *