कोरियाका नेपाली श्रमिकका गुनासा सुन्ने साथी ‘ईपियस छिङगु’

कोरिया जानाकारी

शिव भुषाल /सिओल

कोरियामा करीब ४० हजारको संख्यामा ईपियस भाषा परीक्षा उत्तिर्ण गरी श्रम वेच्न आएका नेपाली श्रमिक छन् ।

कोरिया रोजगारीका दौरान उनिहरुले भाषागत कमजोरी, कोरियाली कानुन, अपरिचित ठाउँमा एक्लै काम गर्नुपर्दा हुने होम सिक, स्वास्थ्यका समस्या, अफ्ठेरो काम, रोजगारदाताको हेपाई लगायत थुप्रै समस्या तथा पिडाहरुको सामना गर्नु परिरहेको हुन्छ ।

नेपाल सरकारले यहाँका श्रमिकका समस्या सुन्नकालागि एक जना श्रम सहचारीको व्यवस्था त गरेको छ । तर एक जना श्रम सहचारी ४० हजार नेपाली श्रमिकको पहुँचमा पुग्न कठिन छ ।

विविध समस्याहरु झेलिरहेका नेपाली श्रमिककालागि यहाँ आई लामो समय बसेका, कोरियाली भाषा देखि कानुनमा ज्ञान राख्ने केहि नेपालीहरुले स्वयमसेवकका रुपमा काउन्सेलिङ तथा अन्य समस्या समाधानमा सहयोग गर्दै आईरहेका छन् ।

यस्तै सहयोगी नेपालीहरु मध्येको एउटा नाम हो अरुण श्रेष्ठ उर्फ ‘ईपियस छिङगु’ ।उनले कोरियामा भाषा कै कमजोरीका कारण अस्पताल देखि हरेक क्षेत्रमा समस्या झेल्नु परेका नेपाली श्रमिककालागि कोरियन भाषामा उनिहरुका समस्या सम्बन्धीत ठाउँमा बुझाईदिने दोभाषेको काम समेत गर्छन ।

यसका अलावा कृषि क्षेत्र लगायत कम्पनीमा एक्लै काम गरिरहेका श्रमिकका हरेक समस्यालाई अनलाईन काउन्सेलिङ गरिरहे ।ईपियस भाषा परीक्षा उत्तिर्ण गरी सन २०१० मा कोरिया आएका श्रेष्ठ कोरियामा करिब १० वर्षे बैधानिक बसाँई टुङ्ग्याएर स्वदेश फर्किएका छन् ।

ईपियस छिङ्गु कोरियाका नेपालीका माझ समाजसेवी नेपाली युवाका नामले परिचित नाम बनेको छ ।श्रेष्ठ कोरियाका नेपालीहरुको मुख्य समस्या भनेकै मानसिक तनाव भएको आफुले पाएको बताउँछन् ।
कोरियामा कृषि क्षेत्रमा विदा, तलव सुविधा, काम गर्ने समय लगायत थुप्रै समस्याहरु रहेकाले त्यसमा सुधारकालागि नेपाल सरकारले पहल गर्नुपर्ने उनको सुझाव छ ।

कोरियाको १० वर्षे रोजगारीको अनुभवले आफुले अनुशासन, लगनशिलता र मेहनत महत्वपुर्ण भएको बुझेको बताउने उनले कोरिया आएका तथा आउने तयारीमा रहेका नेपालीलाई काम गर्दा दुर्घटना हुन सक्ने भएकाले होसियारी अपनाउन तथा आफ्नो स्वास्थ्यको ख्याल गर्न सल्लाह दिन्छन् ।

समाजसेवाको प्रेरणा

काठमाण्डौ बौद्ध स्थायी निवासी उनि सन २०१० मा कोरियामा कृषि क्षेत्रमा तरकारीमा खेती गर्ने फिनिल हाउसमा आएका हुन् । तर काम सुरु गरेको ४ दिन मै साहुले काम गर्न नसक्ने भन्दै कामबाट निकालिदियो । नेपालमा शिक्षण पेषा गरेका श्रेष्ठले काम छिटोछिटो गर्न नसकेको भन्दै कोरिया आएको ४ दिन मै कामबाट निकालिनुपरेको तितो अनुभव सुनाए । त्यसपछि साहुले रोजगार केन्द्रमा लगरे छोडिदिएको र त्यहाँबाट लाईभ स्टकमा काम सुरु गरेका उनले ५ वर्ष सम्म सोहि काम गरेको बताउँछन् ।सुरुमा काम खोज्दा देखि हरेक ठाउँमा एक्लै संघर्ष गर्नुपरेकाले सोहि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने प्रेरणा जागृग भएको श्रेष्ठको भनाई छ ।

काउन्सेलिङको माध्यम

श्रेष्ठले नेपालीलाई कोरिया सम्बन्धी सबै जानकारी दिने तथा समस्याहरु सुन्ने सुनाउने माध्यमको रुपमा ईपियस नेपाल कोरिया नामक फेसबुक पेज सुरु गरे । पछि सो पेज सरकारी अफिसियल पेजको रुपमा बुझेर धेरै गुनासाहरु आउन लागेपछि ईपियस छिङगु अर्थात ईपियस साथी भनेर सञ्चालन गरेको सुनाए ।सोहि पेजलाई कोरियामा हुने हरेक गतिविधि तथा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने माध्यम बनाएका छन् । पेजका करीब ६० हजार फलोवर्स रहेका छन् । सोहि पेजमा कोरियामा काम खोजिरहेकाहरुकालागि कामका अवसर देखि हरेक सूचनाहरु राख्ने गरेका छन् ।

सक्रियता

कोरियामा १२ देखि १४ घण्टा सम्म कडा मेहनत गरेर पनि सामाजिक सेवा गर्नु निकै चुनौतिपुर्ण हुने गरेको उनि सुनाउँछन् । परिवारलाई दिनुपर्ने समय यहाँका नेपालीका समस्या सुन्ने र समाधानकालागि पहल गर्नमा सक्रिय हुने गरेको उनको भनाई छ । उनी विहान उठेदेखि राती सम्म काम गरेर थोरै बँचेको समयमा नेपाली श्रमिकका गुनासा समाधानमा लागिरहन्छन् ।खवरपेपर मा प्रकाशित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *