उत्तर कोरियाली नेता किम किन भए भावुक ?

कोरिया जानाकारी

सोल

हरेक उपस्थितिमा हसिलो र चम्किलो देखिने उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन पहिलो पटक आफ्नो सम्बोधनमा भावुक बनेका छन् ।

वर्कर्स पार्टीको ७५ औँँ बार्षिकोत्सव तथा अन्तर महादेशीय ब्यालेष्टिक मिसाइल सार्वजनिक गर्ने क्रममा सम्बोधन गर्न मञ्चमा आएका किम केही छिन भावुक बनेका थिए ।

देशमा कोरोना, सामुद्री आँधी तथा अन्य प्राकृतिक वितण्डाका कारण नागरिकले भोग्नु परेको सास्ती तथा त्यस्ता विषम परिस्थितिमा समेत अहोरात्र खटेर जनताको सेवामा तल्लिन राष्ट्रसेवकहरुलाई सम्झँदा किम केही छिन भक्कानिएका थिए ।

किमले आफ्नो करिव २५ मिनेटको सम्बोधनका क्रममा १२ पटक भन्दा बढी पटक “धन्यवाद” शब्द दोहोर्याएका थिए ।किमले सम्बोधनका क्रममा विषम परिस्थितिमा समेत धैर्य रहने जनतालाई धन्यवाद दिएका थिए भने उद्दार गर्न नसकेका कारण भएका क्षति प्रति माफि समेत मागेका थिए ।

किमले आफ्नो सम्बोधनका क्रममा भनेका छन्— “खै म कहाँबाट सुरु गरुँ यो गौरबमय ७५ बर्षको इतिहासका पाना पल्टाउन? म यौटै कुरा भन्न चाहान्छु जुन जनताले देशलाई सदैब विजय तथा वीरताको देश बनाए, उनीहरु प्रति हार्दिक नमन तथा धन्यवाद ।” उनले आयातित भाइरस भन्दै कोरोना भाइरसको शिकार कोही पनि हुन नपरोस भनेर कामना समेत गरेका छन् ।

उक्त सभामा किमले भाषण गरिरहँदा न किमले न त त्यहाँ उपस्थित लाखौँ जनता, कसैको अनुहारमा मास्क भने देखिएको थिएन । किमले कोरोना भाइरसबाट उत्तर कोरिया सुरक्षित रहेको प्रमाण दिन उक्त निर्देशन दिएको हुन सक्ने समाचारमा जनाइएको छ ।

किमले दक्षिण कोरियामा कोराना भाइरसका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्दाञ्जली समेत अर्पण गरेका थिए । किमको मन्तव्यको उक्त भागलाई दुई देशको चिसिएको सम्बन्ध सुधारका लागि निकै नै महत्वका साथ हेरिएको छ ।

यता उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ७५ बार्षिकोत्सवका क्रममा अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल समेत सार्वजनिक गरेको छ । परिक्षण नगरिएको भनिएको उक्त मिसाइललाई उत्तर कोरियाले भने आफ्नो सुरक्षा सुदृढताको उचाइमा नयाँ खुड्कीलोको क्रममा प्रस्तुत गरेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *