सोल
उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेष्टिक मिसाईल सार्वजनिक गरेसँगै विश्व सामु एक चुनौति देखिएको छ ।
यता दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने उत्तर कोरियासँग भएका हरेक हतियारको जवाफ आफूहरुसँग रहेको बताएका छन् ।
पछिल्लो पटक किम जोङ उनको सहभागितामा उत्तर कोरियाले आफ्नो देशको सत्तारुढ वर्कर्स पार्टीको ७५ औँ बार्षिकोत्सव मनाएको थियो । सो क्रममा एकैपटक धेरै ठाउँमा मार हान्न सक्ने मिसाइल लञ्चर देखि अन्तर महादेशीय ब्यालेष्टिक मिसाईल सम्म सार्वजनिक गरेको थियो ।
परिक्षण नगरेको भनिएको उक्त मिसाईल जापानको हिरोसिमा र नागासाकीमा हानिएका मिसाइल भन्दा १००० गुणा शक्तिशालि रहेको अनुमान समेत गरिएको छ ।
उक्त मिसाईल सार्वजनिक गरिए पश्चात सोधिएको प्रश्नको जवाफ दिँदै रक्षा मन्त्रालयका सहायक प्रवक्ता कर्नेल मुन होङ सिकले दक्षिण कोरियाको प्रतिरक्षा प्रणाली शशक्त रहेको तथा जमिनबाट जमिन तथाजमिनबाट आकाशसम्म प्राहार गरि मिसाइललाई निश्तेज गर्ने प्रणाली आफूहरुसँग तयारी रहेको बताएका छन् ।
यदि एकैपटक बिभिन्न प्रकारका मिसाइलहरु प्राहार गरिएमा त्यस विरुद्ध प्रयोग गरिने रणनैतिक हमला प्रविधि समेत आफूहरुसँग तयारी रहेको उनले जानकारी दिएका छन् ।
पछिल्लो सैन्य परेडमा उत्तर कोरियाले रसियाली प्रविधिका मिसाइल तथा लञ्चर प्रदर्शन गरेको बताउदै उनले आफूहरु उत्तर कोरियाका हरेक हतियारको जवाफ दिन सक्षम रहेको बताएका छन् ।Hotpati