शिव भुषाल / सियोल
दक्षिण कोरिया अध्ययनकालागि आएका थप २ जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनिहरु मलेसिशया ट्राञ्जिट भएर शनिवार दक्षिण कोरिया आएका थिए । यस अघि शनिवार नै आएका ११ जना र ४ जना आईतवार र साेमवार थपिएका थिए ।
याे सँगै शनिवार काेरिया आएका १७ जना नेपाली विद्यार्थीमा संक्रमण पुष्टि भएकाे छ ।मलेशिया ट्राञ्जिट भएर शनिवार ४३ जना नेपाली कोरिया आएको बताईएको छ ।
यो सँगै दक्षिण कोरियामा सक्रिय संक्रमित नेपालीको संख्या १८ पुगेकाे गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए ।
कोरियामा थपिने अधिकांश नेपाली संक्रमितहरुमा विभिन्न देशमा ट्राञ्जिट भएर आउने विद्यार्थीहरु रहेका छन् ।थपिएका १७ जना विद्यार्थीले उपचारमा लाग्ने सम्पुर्ण खर्च आफै तिर्नुपर्ने बताईएको छ ।
गत महिना कोरिया सरकारले विदेशबाट आउने विदेशीलाई यहाँ आएको १४ दिन भित्र कोरोना संक्रमण पुष्टि भएको खण्डमा विरामी स्वयमले सम्पुर्ण उपचार खर्च तिर्नुपर्ने उल्लेख छ ।
गैर आवाशिय नेपाली संघका अध्यक्ष यज्ञराज सुवेदीले यस अघि संक्रमित विद्यार्थीको उपचारमा करीब ७ लाख रुपैयाँ खर्च भएको बताए ।खबरपेपर