फेसबुकले बन्द गर्यो कोरोना भ्याक्सिनको विज्ञापन

Health

काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकले कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रयोगको विषयमा मानिसहरुलाई निरुत्साहित गर्ने गरि तयार गरिएका सम्पूर्ण विज्ञापनहरु बन्द गराएको छ ।

स्वास्थ्य विज्ञहरु हाल दिनरात गरि खोप उत्पादनमा लागिरहेका बेला सार्वजनिक भएका त्यस्ता विज्ञापनले नकारात्मक प्रभाव पर्ने भन्दै त्यस किसिमका विज्ञापनहरु बन्द गरिएको हो ।

रोग तथा प्रकोप नियन्त्रण केन्द्र तथा विश्व स्वास्थ्य संगठनको अनुरोधमा उक्त निर्णय गरिएको फेसबुकले जनाएको छ । हाल विश्वका विभिन्न कम्पनिहरु औषधी निर्माणको अन्तिम चरणमा रहेका कारण त्यस्ता विज्ञापनहरुको प्रशारणले उनीहरुमा नकारात्मक असर पर्ने भन्दै बन्द गरिएको फेसबुकले जनाएको छ ।

संयुक्त राज्य अमेरिका लगायतका देशहरुले विश्वका विविध देशहरुले निर्माण गरिरहेका औषधिहरुको बुकिङ्ग गर्न थालिसकेको अवस्थामा त्यस प्रकारका नकारात्मकताहरुले आम मानिसहरुले औषधि प्रयोग गर्ने अधिकारबाट समेत बञ्चित हुन गर्ने भन्दै त्यस किसिमका विज्ञापनहरु नपठाउन समेत फेसबुकले अनुरोध गरेको छ ।

हाल फेसबुकमा विज्ञापन गर्ने एजेन्सीहरुलाई नकारात्मक विज्ञापन संप्रेशण गरेको भन्दै आलोचना समेत गरिन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *