युट्युबलाई सपिङ साइट बनाउने गुगलको योजना

जानाकारी

काठमान्डौँ

आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ ।

गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।ब्लुम्बर्गको एक रिपोर्टअनुसार गुगलले विभिन्न सामानहरु ग्राहकलाई प्रत्यक्षरुपमा बेच्ने प्रयोजनका लागि युट्युबको प्रयोग गर्ने योजना बनाएको छ ।

युट्युबमा विभिन्न खाले प्रडक्टहरुका भिडियो असंख्य छन् अहिले पनि । चाहे त्यो खेलौना होस् वा इलेक्ट्रोनिक्स अनि लत्ता कपडा हुन् वा कस्मेटिक । भविष्यमा ती सबै सामानहरु युट्युबमार्फत नै खरिद गर्न सकिने गरी युट्युबलाई इ कमर्स साइटको रुपमा विकास गर्ने योजना गुगलको छ ।

अहिले युट्युबरहरुले भिडियोमा देखाइएका सामानहरु खरिद गर्नका लागि अमेजन वा अन्य त्यस्तै इ-कमर्स साइटहरुको लिंक दिने गर्दछन् । तर यदि गुगलको योजनाले मूर्तरुप लियो भने भविष्यमा कुनै अर्को साइटमा नगइकन सिधै युट्युबमार्फत नै सामान खरिद गर्न सकिनेछ ।

ब्लुम्बर्गको रिपोर्टमा भनिएको छ, ‘गुगलसँग सम्बन्धित श्रोतका अनुसार युट्युबका भिडियोहरुलाई नै सरसामानको सूची अर्थात् क्याटालगको रुपमा विकास गर्ने र उपलब्ध सामानहरु प्रयोगकर्ताले सिधै अनलाइन खरिद गर्नसक्ने गरी युट्युबलाई रुपान्तरण गरिँदैछ । युट्युबबाटै सामान बिक्री गर्नका लागि गुगलले शपिफाइ कम्पनीलाई युट्युबसँग समायोजन गर्ने कार्यको परीक्षण पनि गर्दैछ ।’

कतिपय युट्युब च्यानलहरुमा यस्ता फिचरहरुको परीक्षण भैरहेको युट्युबले यसअघि नै खुलासा गरिसकेको छ ।गुगलसँग अहिले पनि गुगल सपिङ नामक प्लाटर्फम छ । यो ठूला रिटेल स्टोरहरुको संकलित सूची हो । युट्युबलाई सपिङ प्लाटर्फमका रुपमा परिणत गर्नका लागि गुगलले आफ्नो गुगल सपिङलाई पनि प्रयोग गर्नेछ ।

युट्युबबाट इ-कमर्शको क्षेत्रमा फड्को मार्नका लागि गुगललाई गाह्रो छैन । किनकि करोडौँ दैनिक प्रयोगकर्ता रहेको युट्युबका नियमित दर्शकहरु नै उसका ठूलो संख्याका ग्राहकहरुको रुपमा परिणत हुनेछन् ।

युट्युबमा अहिले पनि विभिन्न नयाँ खरिद गरिएका सामानहरु ‘अनबक्सिङ’ गर्ने अर्थात् पहिलोचोट खोल्ने कार्यका भिडियोहरु निकै लोकपि्रय हुने गरेका छन् । सुरुआतमा त्यस्तै खाले भिडियोहरुलाई अनलाइन सपिङका रुपमा परिणत गरिनेछ ।

स्मरण रहोस् विश्वको ठूलो अनलाइन सपिङ साइट अमेजनले विभिन्न ब्लगर तथा मिडिया हाउसले तयार पारेका विभिन्न खालका प्रडक्ट, खासगरी स्मार्टफोन सम्बन्धी भिडियोहरुलाई आफ्नो साइटमा स्थान दिने गरेको छ ।

सामानहरु बेच्नका लागि विज्ञापनिक भिडियोको प्रयोग गर्ने चलन धेरै पहिलेदेखि नै चल्दै आएको छ । अब भिडियोलाई नै सामान खरिद गर्ने प्लाटर्फमका रुपमा प्रयोग गर्ने कार्यलाई गुगलले युट्युबमार्फत् सुरु गर्‍यो भने त्यसले अनलाइन सपिङको क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याइदिनेछ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *