सोल
दक्षिण कोरियाको सबैभन्दा ठूलो तथा सरकारी ध्वजा बाहक कोरियन एयरवेजले कम्पनिको आर्थिक गतिविधिलाई निरन्तरता दिन करिव १.३ बिलियन अमेरिकी डलर श्रोत जुटाउने तयारी थालेको छ ।
कोरोना संक्रमणका कारण थला पारेको एयरवेजलाई पुनर्जिवन दिन कम्पनिले सो निर्णय लिएको बताइएको छ ।कम्पनिले आर्थिक श्रोत जुटाउन राजधानी सोल वरपर रहेको आफ्नो जग्गा सोल महानगर सरकारलाई ५०० बिलियन वोनमा विक्री गर्ने र सरकारबाट थप १ ट्रिलियन वोन रकम लोन लिने कम्पनिले बताएको छ ।
ग्वाङह्वाम मा रहेको आफ्नो जग्गा नगर सरकारलाई बिक्री गर्ने तयारीमा रहेको तर सानो मुल्यान्तरका कारण बिक्री भने भइनसकेको कम्पनिले जनाएको छ । कम्पनिले आफ्नो जग्गाको मुल्य ५०० बिलियन वोन तोकेको तर सरकारले ४६७ बिलियन वोन मात्र दिन तयार रहेका कारण बिक्री भने भइसकेको छैन ।
हाल कोरियन एयरवेज कोरिया बिकास बैंकसँगको सहकार्यमा तथा सरकारको जमानतमा १ ट्रिलियन वोन नगद निकाल्ने योजनामा रहेको छ । प्रत्यक्ष नगदको अभावमा कोरियन एयरवेजले आफ्नो सञ्चालन खर्चको जोहो गर्न जग्गा बिक्री तथा सरकारी लोन लिने योजनामा रहेको छ ।हटपाटि