उत्तर कोरियामा सीमा बिहिन डक्टरहरुले कोरोना उपचार गर्ने

कोरिया जानाकारी

सोल

अन्तराष्ट्रिय स्वास्थ्य साहायोग गर्ने एक च्यारिटी संस्थाले हालै संयुक्त राष्ट्रसंघबाट उत्तर कोरियामा गएर स्वास्थ्य सहयोग गर्ने अनुमति पाएको छ ।

उक्त संस्थाले उत्तर कोरियामा गएर कोरोना भाइरस तथा क्षयरोगको उपचार गर्ने समाचारमा बताइएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद ले सीमा बिहिन डक्टरहरुको संस्था एमएसएफलाई उत्तर कोरिया गएर सेवा गर्ने अनुमति दिएको हो ।

उक्त संस्थाले उत्तर कोरियामा पोषण तत्व सहयोग , क्षयरोग तथा कोरोना भाइरसको परिक्षण तथा उपचार गर्ने छ । उत्तर कोरियाको हाम्योङ क्षेत्रमा सञ्चालन गरिने उक्त स्वास्थ्य सिविरमा आवश्यक पर्ने ६००० सर्जिकल मास्क , २००० थान पिपिई तथा १००० थान स्वासप्रश्वासमा आवश्यक फिल्टर १२ महिनाका लागि लैजान अनुमति समेत प्राप्त गरिसकेको छ ।

हालसम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले विश्वका १२ देशहरुका मानवीय सेवा गर्ने परोपकारी संस्थाहरुलाई उत्तर कोरिया गई स्वास्थ्य सेवा प्रदान गर्न अनुमति दिइसकेको छ ।

फिनल्याण्ड , ईटाली तथख दक्षिण कोरियाले गत जुन महिनाबाट नै उत्तर कोरियामा आफ्ना मानवीय सेवाहरु प्रदान गर्दै आइरहेका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *