सोल
दक्षिण कोरियामा कोरोना भाइरसका कारण कामको चाप ब्यवस्थापन गर्न ओभरलोड गरेका कारण यस बर्ष १४ जना डेलिभरी मजदुरले ज्या’न गुमाएका छन् ।
अधिकांश मानिसहरु घर बसेरै सामान अडर गर्ने गरेका कारण डेलिभरी सेवामा चाप बढी भएको थियो ।पछिल्लो समयमा सीजे लजिष्टिक कर्पोरेशनमा काम गर्ने एक डेलिभरी मजदुर एकै छिन आराम गर्ने क्रममा बेहो’ स भएका थिए । उनलाई तत्कालै अस्पताल लगिए तापनि अस्पतालले मृ’ त घोषणा गरेको थियो ।
ति ब्यक्ति बाहेक एक जनाले कामको चाप बढी भएकै कारण आत्मह’ त्या गरेको सु’साईड नोट छाडेका थिए भने एकको हृदयघा’ त भई मृ’ त्यु भएको थियो ।
सिजे लजिष्टिक्सका मात्र ५ जना कर्मचारीले यस बर्ष कामको चाप बढी भएका कारण मृ’ त्यु वरण गरेका छन् । उक्त कम्पनिका देशभर २०,००० बढी डेलिभरी कर्मचारी छन् र यो कम्पनि दक्षिण कोरियाको सबै भन्दा ठूलो डेलिभरी कम्पनि समेत हो ।
कम्पनिका कर्मचारीहरुको निध’ न पश्चात एक विज्ञप्ति निकाल्दै कार्यकारी निर्देशकले आफू तथा सिङ्गो कम्पनि दु:खित भएको बताउदै उनले आगामी दिनमा कर्मचारी संख्या थप्ने समेत बताएका छन् । त्यसका अलावा सम्पुर्ण कर्मचारीहरुको दुर्घटना वीमा समेत गर्ने उनले बताएका छन् ।
पछिल्लो पटक गत हप्ता राष्ट्रपति मुन जे इनले डेलिभरी कर्मचारीहरुको अवस्थाबारे जानकारी लिदै उनीहरुको अवस्था सुधार गर्न निर्देशन समेत दिएका थिए ।हटपाटी