कोरियामा फ्लू खोप लगाएपछि मृ’ त्यु हुनेको संख्या ४८ पुग्यो , खोप कार्यक्रमलाइ भने निरन्तरता दिने

कोरिया आज

किशन गौतम/सिओल

दक्षिण कोरिया सरकारले निशुल्क वितरण गरेको मौसमी रुघाखोकी बिरुद्वको फ्लूको खोप लगाएपछि मृ’त्यु हुनेको संख्या शनिवार सम्म ४८ पुगेको छ l

स्थानीय मिडिया रिपोर्ट अनुसार, खोप सुरक्षा बारे डर बढाए पनि स्वास्थ्य अधिकारीहरुले भने सरकारको १ करोड ९० लाख जनतालाई नि: शुल्क खोप लगाउने कार्यक्रम स्थगित गर्ने कुनै योजना नभएको छ बताएका छन् l

कोरिया रोग नियन्त्रण केन्द्रले मृ’त्यु भएका मध्ये २० जना खोपको कारण नभई अन्य कारण भएको बताएको छ l त्यसैगरी अन्य मृ’त्यु हुनेमा पनि धेरै उमेर ढल्केका र दिर्घरोगि रहेको जनाएको छ l

कोरियन समाचार एजेन्सी योंघापका अनुसार खोप प्रयोग गरेका मध्ये मृ’त्यु हुनेमा १७ बर्षीय युवक देखि ८२ बर्षीय बृद्व सम्म छन् l यसरि खोप लगाएपछि मृ’त्यु हुनेको संख्या यसपटक सबैभन्दा धेरै हो l यसभन्दा पहिला सन् २००५ मा ५ जनाको मृ’त्यु भएको थियो l

कोरियामा मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न सरकारले निशुल्क रुपमा उक्त खोप दिदै आएको छ l

दक्षिण कोरियाका खोपहरू विभिन्न स्रोतबाट आउँदछन्। निर्माताहरूमा स्थानीय औषधि निर्माता जीसी फार्मा, एसके बायोसाइन्स र इल्याङ् फार्मास्युटिकल को साथसाथै फ्रान्सको सनोफी र बेलायतको ग्लैक्सोस्मिथक्लाइन पनि समावेश गरिएको छ ।

वितरकहरूमा एलजी चेम लिमिटेड र बोरियंग बायोफर्मा कम्पनी लिमिटेड, बोरयंग फर्म कम्पनी लिमिटेडको आदि पर्दछन lहेल्लो नेपाल कोरिया डटकममा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *