दक्षिण कोरिया अमेरिकाको सेवक हो – उत्तर कोरिया

कोरिया आज

सोल

उत्तर कोरियाले दक्षिण कोरियालाई अमेरिकाको सेवक भएको आरोप लगाएको छ । हालै एक प्रोपोगाण्डा सार्वजनिक गर्दै दक्षिण कोरियाले अमेरिकाको सेवक मात्र बनेको र जवाफमा अमेरिकाबाट भने विविध अप्ठ्याराहरु मात्र पाएको उत्तर कोरियाले बताएको छ ।

गत अक्टोबर यता कैयौं दक्षिण कोरियाली उच्च सुरक्षा अधिकारीहरु अमेरिकाको भ्रमणमा गएको तर अमेरिकाले दक्षिण कोरियालाई जहिल्यै बेवास्ता गर्ने गरेको तथा उसलाई दुस्मन जस्तै ब्यवाहार गरिने गरिएको समेत उत्तर कोरियाले दक्षिण कोरियालाई आरोप लगाएको छ ।

पछिल्लो पटक दक्षिण कोरियाली रक्षा मन्त्री , परराष्ट्र ! राज्यमन्त्री लगायतका उच्च सुरक्षा अधिकारीहरुले अमेरिकाको भ्रमण गरेका थिए । भ्रमण लगत्तै उत्तर कोरियाको उक्त प्रतिकृया बाहिर आएको हो ।

भ्रमणका क्रममा दक्षिण कोरियाली प्रतिनिधि मण्डलले उत्तर कोरियालाई निशश्त्रीकरण गर्ने , सन् १९५०-५३ को युद्धताकाबाट बिकसित घटनाक्रमहरुलाई मुल्याङ्कन परिमार्जन गर्ने तथा दक्षिण कोरियामा कार्यरत २८,५०० अमेरिकी सैनिक फिर्ता गर्ने बिषयमा छलफल भएको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले गरेको युद्ध अन्त्यको घोषणा प्रस्तावका बारेमा भने कुनै प्रतिकृया नजनाई हालसम्म चुपचाप बसेको छ ।

चीनियाँ सैनिकहरुको चिहानमा माल्यार्पण गर्दै युद्ध विजयोत्सव मनाउदै उत्तर कोरियाले चीनको पक्ष स्पष्ट रुपमा लिएको छ भने चीनले समेत उत्तर कोरियालाई जारी सहयोग र सहकार्य अझ बढाउने बताएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *