कोरियाले कोरोना विरुद्धको खोप छिटो स्विकृति दिने

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली औषधी मन्त्रालय कोरोना विरुद्धको स्विडिस खोप निर्माता कम्पनि अष्ट्राजेनेकालाई फास्ट ट्रयाक मार्फत स्विकृति दिने तयारीमा रहेको छ ।

मन्त्रालयका अनुसार हाल मन्त्रालयले विज्ञहरुको एक टोली गठन गर्दै अध्ययन पश्चात स्विकृति दिने नदिने टुङ्गो लगाइने बताएको छ ।

हाल दक्षिण कोरियाली तथा अन्य देशका २७ औषधी उत्पादक कम्पनिहरु कोरोना भाइरस विरुद्धको खोप निर्माणको दौडमा रहेका छन् । उनीहरुले क्लिनिकल परिक्षणको अनुमति समेत प्राप्त गरिसकेका छन् ।

हाल दक्षिण कोरियामा १९ वटा औषधी परिक्षण चरणमा रहेको मन्त्रालयले बताएको छ । समाचार अनुसार १७ वटा औषधी तथा दुई वटा खोपहरु हाल दक्षिण कोरियामा परिक्षण भइरहेका छन् ।

अमेरिकी कम्पनि न्योलम्युन टेकद्वारा निर्मित जिएक्स-१७ ले प्रौढहरुमा सकारात्कक प्रभाव देखिएको मन्त्रालयले बताएको छ । दक्षिण कोरियाली औषधी निर्माता कम्पनि सेल्ट्रियनले पनि आफ्नो खोप सिटी-पी५९ को दोश्रो र तेश्रो चरणको परिक्षण समेत चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *