कोरियाली पूर्व राष्ट्रपति लीले ५६ बिलियन घुस लिएको पुस्टी,१७ बर्ष जेल सजाय !

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली पुर्व राष्ट्रपति लि म्युङ बाकले सन् २००८ बाट २०१३ सम्म दक्षिण कोरियाको राष्ट्रपति भएका थिए ।

उनी पदमा रहँदा डास नामक कारका पाटपुर्जा निर्माण कम्पनिबाट ३४.९ बिलियन वोन घुस लिएको आरोप सहित भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । त्यस्तै उनले पदमा रहँदा सामसुङ कम्पनिबाट १६.३ बिलियन घुस लिएका थिए ।

बाक माथि घुस तथा भ्रष्टाचार सम्बन्धित कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतले उनीमाथि १३ बिलियन वोन आर्थिक जरिवाना समेत तोकेको छ । स्थानीय अदालतको फैसलामा कुनै कमजोरी नभएको भन्दै सर्वोच्च अदालतले उनीमाथि थप ५.७८ बिलियन वोन जरिवान समेत तोकेको छ ।

सर्वोच्च अदालतले पुनरावेदन अदालतको आदेशलाई सही थाप्दै अब उनले कुनै पनि पुनारावेदन गर्न नपाउने तथा तारेखमा समेत छोड्न नमिल्ने बताउँदै उनलाई जेल पठाएको हो ।

यससँगै अब बाकले कुनै पनि कानुनी उपचार नपाउने भएका छन् । यससँगै बाक दक्षिण कोरियामा अपराध मुद्दामा दोषी ठहरीने चौथो कोरियाली राष्ट्रपति समेत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *