दक्षिण कोरिया।
Spinal muscular Artophy SME – 1 नामक रोगसँग लडिरहेकि नवलपरासीकी १३ महिने बालीका सियोना श्रेष्ठको उपचारको लागि दक्षिण कोरीयामा १२ दिनमा १७ लाख रुपैंया नगद संकलन भएको छ ।
दक्षिण कोरियामा केही नेपाली युवाहरुले स्वतन्त्र रुपमा चलाएको #save_siyona अभियानमा सो रकम संकलन भएको हो ।
सियोनाको उपचारमा २५ करोड रुपैयाँ लाग्ने अस्पतालले बताएपछि उनको अभिभावकहरुले बिश्वभरी रहेका सहयोगी मनहरुमा अपिल गरे सँगै दक्षिण कोरियाका केही अभियान्ताहरुको पहलमा सहयोग संकलन कार्य भईरहेको हो । सियोनाको अहिले पोल्यान्डको क्लिनिक फर स्पेशल चिल्ड्रेन नामक अस्पतालमा उपचाररत छिन ।
हालसम्म थुप्रै सहयोगी हातहरुको सहयोगबाट करिव ७ करोड रकम जम्मा भैसकेको छ । दक्षिण कोरियामा स्वतन्त्र रुपमा सहयोग रकम सङ्कलन गरिरहेको र अभियान अझै पन्ध्र दिनसम्म चलिरहने अभियान्ता विशाल श्रेष्ठले बताए ।