सीमाक्षेत्र पार गर्ने एक उत्तर कोरियाली नागरिक दक्षिण कोरियाली सैनिकद्वारा पक्रा’उ !

कोरिया आज

सोल

पैदलै उत्तर दक्षिण सीमाना पार गर्न खोज्ने एक उत्तर कोरियाली नागरिकलाई दक्षिण कोरियाली सैनिकले पक्राउ गरेका छन् । सीमा क्षेत्र पार गरेको सुचना पाउने बित्तिकैबाट सुरु गरिएको खोज कार्य १० घण्टा सम्म चलेको थियो । हाल उनी सैन्य हिरासतमा रहेका छन् ।

दक्षिण कोरियाको उत्तर पूर्वी क्षेत्र गोस्योङ कोण्टी मा रहेको सीमानाबाट मध्यरातको समयमा उनी सीमा पार गरेको भिडियोका आधारमा सैनिकले खोजी कार्य तिब्र बताएको थियो ।

उनको खोजीका लागि दक्षिण कोरियाली सैनिकले उच्च सतर्कता अपनाउन समेत निर्देशन दिएको थियो । उनले बिभिन्न अवरोध छिचोल्दै दक्षिण कोरियाली प्रवेश गरेको सीमामा तैनात संयुक्त सुरक्षा फौजले बताएका छन् । हाल उनीमाथि छानविन तथा अनुसन्धान जारी रहेका कारण थप केही भन्न नसकिने सैन्य अधिकारीले बताएका छन् ।

उनी सीमा क्षेत्रमा लगाइएको तारबारको बिग्रिएको क्षेत्रबाट दक्षिण कोरिया प्रवेश गरेको सैन्य अधिकारीले बताएका छन् । यो घटना सन् २०१८ पछिको पहिलो घटना भएको पनि समाचारमा बताइएको छ ।

यस अघि सन् २०१८ मा पनि एक ब्यक्ति सीमा पार गरि दक्षिण कोरिया आएका थिए । त्यस्तै बिना संकेत सन् २०१ ९ मा पनि एक उत्तर कोरियाली डुङ्गा दक्षिण कोरियाली सीमा क्षेत्रमा आएको थियो ।

यस बर्ष दक्षिण कोरियाबाट एक उत्तर कोरियाली नागरिक समेत सीमा पार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *