दक्षिण कोरियामा एक्लै बस्नेहरुको संख्या ६० लाख नाघ्यो

कोरिया आज

सोल

दक्षिण कोरियामा एक्लै बसोबास गर्ने मानिसहरुको संख्या ६० लाख नाघेको छ । पछिल्लो समयमा कोरोना महामारीका कारण घर बसेरै काम गर्ने परिपाटीको विकास भएसँगै घर किनेर एक्लै बस्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको हो ।

केबी फाइनान्सियल समुहका अनुसार एक ब्यक्ति मात्र बसोबास गर्ने घरहरुको संख्या ६१ लाख ७० हजार नाघेको छ अर्थात उक्त संख्यामा मानिसहरु एकल बसोबास गर्दछन् । उक्त संख्या दक्षिण कोरियाको कुल जनसंख्याको ३०.३ प्रतिशत हो । पछिल्लो पटक गरिएको अध्ययनले समेत प्रति १००, १२ जना एक्लै बस्ने देखाएको थियो ।

कोरोना भाइरस संक्रमण बढेसँगै मानिसहरु कामबाट सिधै घर जाने क्रम बढेको र उनीहरु संक्रमण फैलनबाट बच्न एक्लै बस्न रुचाउने गरेको समेत अध्ययनले देखाएको छ ।पछिल्लो पटक कोरियाली बैंकहरुले लागु गराएको अत्यन्तै न्युन ब्याजदरका कारण युवाहरु समेत घर किन्न उत्साहित भएका छन् ।

पहिले पहिले बैंकमा रकम जम्मा गर्ने गरेका अधिकांशहरु अहिले घर जोड्न थालेको समेत अध्ययनले देखाएको छ । अबको १० बर्ष भित्रमा एक्लै बस्ने कोरियालीहरुको संख्या ४१ प्रतिशत नाघ्ने समेत उक्त अध्ययनमा भनिएको छ ।hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *