दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनि सामसुङको ग्यालेक्सीले कब्जा गर्यो आइफोनको अमेरिकी बजार

कोरिया जानाकारी

दक्षिण कोरिया

दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनि सामसुङको ग्यालेक्सीले अमेरिकामा आफ्नो ब्यापारिक बर्चस्व कायम राखेको छ । चालु आर्थिक बर्षको तेश्रो चौमासिकमा कम्पनिको ब्यापारले एप्पलको ब्यापारलाई समेत उछिनेको छ ।

मार्केट रिसर्चर स्ट्राटेजी एनालिसिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तेश्रो चौमासिकमा सामसुङको अमेरिकी बजार हिस्सा ३३.७ प्रतिशत पुगेको छ । सोही समयमा एप्पल कम्पनिको अमेरिकी बजार हिस्सा ३०.२ प्रतिशत रहेको छ ।

अन्य कम्पनिहरुमा एलजी कम्पनिको १४.७ प्रतिशत बर्चस्व अमेरिकी बजारमा रहेको छ भने लेनोभोको अमेरिकी बजार हिस्सा ८.४ प्रतिशत रहेको छ ।

आइफोन उत्पादक कम्पनिले नयाँ फोन निर्माण तथा सार्वजनिक गर्न गरेको ढीलाई तथा गत जनावरी तथा सेप्टेम्बरमा सार्वजनिक गरिएका सामसुङ ग्यालेक्सीका नोट २० तथा ग्यालेक्सी जेड फोल्ड २ फोनका आकर्षक विशेषताका कारण अमेरिकी बजारमा सामसुङको बर्चस्व कायम रहेको समाचारमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *