११ समस्या : जब शरीरमा पानीको मात्रा कम हुन्छ

Health

स्वास्थ्य

भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ ।

पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार फूलईड (कोष बाहिरको तरल) को रुपमा पानी नै छ । हड्डी जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ भने सम्पूर्ण शरीरमा ७० प्रतिशत पानी छ ।

शरीरमा हुने महत्वपूर्ण जैव रसायनिक क्रियाहरुमा हिस्सा लिने, प्रत्यक्ष एवम् परोक्ष रुपले संलग्न रहन यो यौगिकले मूख्यतः शरीरमा हुने अनेकौं जैव रसायनिक क्रियाहरुको लागि जलीय माध्यम उपलब्ध गराउँने गर्दछ भने विभिन्न रासायनिक क्रियाहरुमा आफैं पनि हिस्सा लिएर संलग्न रहने, विभिन्न तत्वहरुको परिवहन गराउने, शरीरको रक्तचाप र तापक्रम नियन्त्रण गर्नेदेखि पाचन एवम् उपपाचन पश्चात् उत्पादित विजातीय द्रव्यहरुको निष्काशनमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्दछ ।

यसरी जीवनको महत्वपूर्ण घटकको रुपमा रहेको यस यौगिकको शारीरमा क्षय पनि निरन्तर रुपमा भइरहने हुँदा यसको पूर्ति गर्नका लागि हामीले निरन्तर रुपमा (जलपान) पानी पिईरहनुपर्ने हुन्छ । नियमित अन्तरालमा जलपानन गर्दा थाहै नपाइकन जल-अल्पताको शिकार भई अनेकौ स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् र आफ्नै लापरबाहीको कारण गम्भीर बिरामीको चंगुलमा फसी व्याक्ति रोगी बन्न सक्दछ ।

तसर्थ हामी सबै(वयस्क व्यक्तिले) दैनिक ४-५ लिटर पानी पिउन आवश्यक छ तर भागदौडले भरिएको यस जिन्दगीमा व्यस्तता एवम् विस्मृतिका कारण पर्याप्त पानी नपिइरहेका हुन सक्छौं तर हामीले पर्याप्त पानी पिइरहेका छौं छैनौं भनेर पर्याप्त पानी नपिउँदा उत्पन्नहुने केही शारीरिक एवम् मानसिक चिन्ह एवम् लक्षणहरुको जानकारी हुन आवश्यक छ ।

यी चिन्हएवम् लक्षणहरुको ज्ञात हुन सके आफुले पानी पर्याप्त पिएको, नपिएको बेलैमा जाँच गरी तत्काल पानी पिउन सकिन्छ । पानी पर्याप्त नपिउँदा देखा पर्ने चिन्ह एवम् लक्षणहरु निम्नलिखित छन् ।

१) मुख सुक्ने

शरीरमा पानी कम भएको मूख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि ¥याल ग्रन्थिले पर्याप्त ¥याल बनाउन सक्दैन र फलतः मुख एवम् घाँटी सुक्दछ । बारबार मुख एवम् घाँटी सुक्न थाल्यो भने यो समस्या निर्जलीकरणले गर्दा हो भन्ने बुझेर तुरुन्त पानी पिउनु पर्दछ तर पानीको पूर्ति नुनचिनीहालिएको एवम् कार्बाेनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पिउँदाझन् जल-अल्पता बढ्दछ । यसर्थ तिर्खा लागेको बेलामापानीपिएर नै तिर्खा मेट्नुपर्दछ ।

२) छाला सुख्खा हुने

शरीरमा जल–अल्पता बढ्दै गए पछि छालामा रक्त प्रवाह गर्ने रक्तनलीहरु संकुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुख्खा हुने, चाउरिने, फुस्रो हुने, झुल्लिने र छालको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।

३) जोर्नी दुखाई

जोर्नी दुई हड्डीहरुको संगमलाई भनिन्छ । जोर्नीमा दुई हड्डीहरुलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरु हुन्छन् भने सन्धि स्थानमा कार्टिलजनामक कोमलतन्तुहरु पनि हुन्छन् । लिगामेण्ट एवम् कार्टिलेज जस्ता कोमल तन्तुहरुमा पनि ७० देखि ८० प्रतिशत पानी रहेको हुन्छ भने यी तन्तुहरुलाई निर्वाध कार्यरत रहनका लागि पर्याप्त पानी आपूर्ति भइरहनु पर्दछ । शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरुमा हुने पानी कम भई तन्तुहरु विगठित हुन सक्छन् ।

फलतःजोर्नी दुख्ने, सुन्निने, लिगामेण्ट एवम् कार्टिलेजहरु खिइने र जोर्नी नै विकृत हुने जस्ता समस्याहरु देखा पर्दछन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्वहरु छन् र त्यसमध्ये आम एवम् वास्ता नगरिएको कारण कम पानीको सेवन पनि हो ।

४) पहेंलो पिसाब आउनु

पिसाब स्वास्थ्यको दर्पण हो । पिसाबको रंगले स्वास्थ्यको धेरै आयामहरुको जानकारी दिन सक्छ र यसमध्ये पिसाबको रंगले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ । यदि पिसाबको रंग पहेंलो हुँदै गयो भने मान्नुहोस् कि तपाईंको शरीरमा जलअल्पता सुरु भइसक्यो र तपाईंको शरीरले पिसाबबाट हुने जलविसर्जनलाई रोक्न थालिसक्यो । यसर्थ, हाम्रो शरीरमा हुने जलअल्पताको पहिलो चिन्हको रुपमा पहेलो पिसाबलाई लिन सकिन्छ । साधारणतया मान्छेको पिसाब हल्का पहेलो (रंगको हुन्छ तर पिसाब गाढा पहेलो हुँदै गयो भने मान्नुस् कि यो जलअल्पताको लक्षण हो ।

५) पिसाबको मात्रा कम हुनु

नियमित रुपमा पानी पिइरहने व्यक्तिले नियमित रुपमा पिसाब फेरिरहने गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितिता पनि कम हुने गर्दछ । साधारणतया एउटा स्वस्थ व्यक्तिले ६ देखि ७ चोटि सम्म पिसाब फेर्ने गर्दछ तर दैनिक ६, ७ चोटि भन्दा कम पिसाब फेरिएमा यो जलअल्पताको प्रारम्भिक चिन्ह हुन सक्छ ।

६) कब्जियत

मलविसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्ट सम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । उसै त कब्जियत अनेकौं कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरु देखा पर्ने गर्दछ । यसकारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै कब्जियत ठिक गर्न सकिन्छ र अन्य कारणबाट कब्जियत भएको भएपनि प्रशस्त पानी पिउँदा कब्जियत निवारणमा ठूलो टेवा पु¥याउँदछ ।

७) शारीरक एवम् मानसिक थकाइ

शरीरमा पानीको मात्रा कम हुँदै गयो भने शरीरिक एवम् मानसिक थकानको महसुस हुने गर्दछ । तर सामान्यतया हामी शारीरिक एवम् मानसिक थकान भएको खण्डमा चिया कफी वा कार्बाेनेटेड ड्रिङ्क पिउने गर्दछौं । यसो गर्दा एकछिन पुनःताजगीको अनुभव त हुन्छ तर शरीरम ाभएको जलअल्पता पुनः बढ्दछ र केही क्षण पश्चात् झन् धेरै थकाइ लाग्न थाल्दछ । यसकारण जब हामीलाई शारीरिक एवम् मासिक थकाइको अनुभव हुन्छ, त्यस अवस्थामा पानी पिउने गरौं ।

८) टाउको दुख्ने

बेला बेलामा टाउको चडक्क चड्कने वा दुख्ने समस्या शरीरमा पानीको मात्रा कम हुनाले भएको पनि हुन सक्दछ । सामान्यतया नियमित रुपमा टाउको दुखिरहने समस्या भएमा नियमित विनाकारण पानी पिएर यस समस्याको निराकरण गर्न सकिन्छ । यस्तो अवस्थामा जडीबुटीको चिया, मोही, मह, कागती, पानी, प्राकृतिक तत्वहरुद्वारा निर्मित सर्बत वा फलको रस पिउँदा झनै उत्तम हुन्छ । तर टाउको दुखाइको निहुँमा चिया कफी या कार्बाेनेटेड ड्रिङ्क वा चिनी हालिएका ड्रिङ्कस पिउँदा जलअल्पता झनै बढ्न गई समस्या पुनःथपिन सक्छ ।

९) पाचन सम्बन्धी समस्या

नियमित रुपमा पाचन समस्याबाट ग्रस्त भइरहनुभएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुुन्न भने तपाईंको पाचन समस्याज लअल्पताको कारणले हुन सक्दछ । पाचन सुचारु हुन चाहिने पर्याप्त पानी नपिउँदा विशेषगरी अम्लपित्त, अपच, अजीर्णता, पेट फुल्ने दुख्ने ढ्याउढ्याउआउने जस्ता समस्या देखिन सक्दछ । यसको अलावा ग्यास्ट्रिक, कब्जियत, अपानवायुको वृद्घि र ढ्याउढ्याउ आउने जस्ता समस्याहरु पनि जलअल्पताकै कारणले हुने गर्दछ ।

१०) कमजोर प्रतिरक्षा प्रणाली

ःहाम्रो शरीरमा रोग एवम् किटाणुहरुसँग लड्नको लागि प्रतिरक्षा प्रणालीको व्यवस्था छ । प्रतिरक्षा प्रणाली सशत्त mभएको खण्डमा शरीरले धेरै रोग विरुद्ध ससक्त ढङ्गले लडेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा शरीरबाट निष्कासित भएर जानुपर्ने विजातीय द्रव्यहरु विसर्जन हुन नसक्दा शरीरमा विष सञ्चय हुन पुग्दछ । फलतः यी विजातीय द्रव्यहरुको संकलनले प्रतिरक्षा प्रणालीको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्दछ ।

११) कान्तिक्षय

शरीरमा पानी कम भएको खण्डमा व्याक्तिको कान्ती एवं तेज पनि कम हुने गर्दछ । यदि कसैलाई शरीरमा कम उर्जाको महसुस हुन थाल्यो भने यसको कारण जलअल्पता पनि हुन सक्दछ ।

लेखक भरतपुर–१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथाप्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *