कोरियामा भोलिदेखि बिना मास्क बाहिर निस्किए १ लाख वोन जरिवाना

कोरिया जानाकारी

किशन गौतम/सिओल

दक्षिण कोरियामा यहि नोभेम्बर १३ तारिख अर्थात भोलि देखि मास्क नलगाई हिडडुल गर्न नपाइए भएको छ l

चिसो मौसम शुरु हुदैगर्दा कोरोना भाइरसको प्रभाव थप बढेर जान सक्ने अबस्थालाई मध्येनजर गर्दै सरकारले सार्वजनिक स्थानहरुमा अनिवार्य मास्क लगाउनु पर्ने नियम ल्याएको हो l

स्वास्थ्य अधिकारीहरुका अनुसार सार्बजनिक यातायात , डिपार्टमेन्टल स्टोर , अस्पताल ,प्रदर्शनी गृह , सभा सम्मेलन , बिभिन्न क्लबहरु , होटेल ,रेस्टुरेन्ट ,सैलुन ,लगाएत मानिसहरुको आवतजावत हुने स्थानहरुमा अनिवार्य मस्क लगाउनु पर्ने छ l

यदि कसैले अटेर गरि बिना मस्क हिडेको भेटे उक्त ब्याक्तिलाई कारवाई स्वरूप १ लाख वोन जरिवाना तिराउने समेत बताएको छ l यसरी मास्क प्रयोग गर्दा नाक नछोपिनेगरी लगाउनेले समेत जरिवाना तिर्नु पर्ने छ l

कुनै स्वास्थ्यको कारणले मस्क नापहिरिएमा भने जरिवाना हुने छैन त्यस्तै सार्वजनिक स्थानमा खाना खादा , मुख धुदा वा पौडी खेल्दा मास्क नलगाएपनि जरिवाना नहुने बताएको छ l

त्यसैगरी च्यातिएको वा नाक मुखबाट छिटाहरू सजिलै बाहिर निस्किन सक्ने खालको मास्कलाइ समेत अनुमति दिइने छैन l

रोग नियन्त्रण विभागका अनुसार कोरियामा बिहिवार मात्र १४३ जना नया भाइरस संक्रमित थपिएका छन् l हाल सम्म कोरोना भाइरसका कुल संक्रमित संख्या २७ हजार ९ सय ४२ छ भने निको हुनेको संख्या २५ हजार ४ सय ४ छ lहेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *