सोल
अमेरिकी फोन निर्माता कम्पनि एप्पलको पछिल्लो संस्करणको स्मार्टफोन ‘आइफोन १२’ को निर्माणमा धेरै जसो पार्ट्स दक्षिण कोरियाको प्रयोग भएको पाइएको छ ।
गत महिना सार्वजनिक गरिएको उक्त नयाँ फोनको ओएलइडी डिस्प्ले देखी मेमोरी चिप्स समेत दक्षिण कोरियामा नै निर्माण भएको पाइएको हो ।
जापानी समाचार संस्था निकेकेइ दैनिकका अनुसार गत हप्ता एक जापानी टेक कम्पनिले आइफोन १२ का पार्ट्सहरुको अध्ययन गरेको थियो । अध्ययनका क्रममा उक्त फोनमा सबैभन्दा बढी दक्षिण कोरियाली सामाग्रीहरुको प्रयोग पाइएको हो ।
उक्त फोनमा करिव २७ प्रतिशत दक्षिण कोरियाली सामानको प्रयोग गरिएको छ ।ओएलइडी डिस्प्लेकै कारण आइफोन १२ मा कोरियाली सामानको मात्रा बढेको पाइएको हो । समाचार अनुसार सामसुङले आइफोन १२ फोन करिव ८ करोड संख्यामा उत्पादन गर्दै छ ।
ति मध्ये ६ करोड बढी सेटहरुमा सामसुङको डिस्प्ले प्रयोग गरिने छ भने बाँकीमा एलजीको डिस्प्लो प्रयोग गरिने छ ।आइफोन १२ मा प्रयोग गरिएको डिस्प्लेको मुल्य ७० अमेरिकी डलर हो जुन उक्त फोन उत्पादन गर्न लाग्ने ३७३ अमेरिकी डलर खर्चको १९ प्रतिशत हो ।
यसका अलावा सामसुङ र हिंस कम्पनिले मेमोरी चिप्स तथा डिर्याम समेत एप्पललाई सप्लाई गर्दछन् ।Hotpati