दक्षिण कोरियाली यूवतीहरुले आफ्नो अण्डा धमाधम फ्रीजमा राख्दै

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली युवतीहरुले धमाधम आफ्ना अण्डा फ्रीजमा भण्डारण गर्न थालेका छन् । भविश्यमा गर्भावती बन्ने इच्छा जागेमा प्रयोग गर्न मिल्ने गरि उनीहरुले आफ्नो अण्डा फ्रीजमा भण्डारण गराउन थालेका हुन् ।

सीएचए मेडिकल सेन्टरका अनुसार पछिल्लो एक दशकमा त्यसरी अन्डा फ्रीजमा भण्डारण गराउने महिलाको संख्या ३५ गुणा सम्म बढेको छ । सेन्टरले दिएको तथ्याङ्कका अनुसार सन् २०१० मा १४ जना महिलाले मात्र अण्डा फ्रीजमा राखेकोमा सन् २०२० मा उक्त संख्या बढेर ४९३ पुगेको बताएको छ ।

सेन्टरका प्रवक्ताका अनुसार पहिले क्यान्सरको लक्षण देखिएका महिलाहरुले भविश्यमा बच्चा चाहाँदा मात्र उनीहरुको अण्डा भण्डारण गरिन्थ्यो । पछिल्लो समयमा भने एकल महिलाहरुले त्यसरि आफ्नो अण्डा भण्डारण गराउने क्रम एकदमै बढेको हो ।

केन्द्रका अनुसार हाल त्यसरि अण्डा जम्मा गर्नेहरुमा ३५ बर्ष भन्दा माथि उमेर भएका महिलाहरु रहेका छन् । देशभरमा त्यसरि आफ्नो अण्डा भण्डारण गराउनेहरुको संख्या उल्लेख्य रहेको समेत केन्द्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *