अपरिचित पानीजहाज दक्षिण कोरियाबाट उत्तर कोरिया प्रवेश, रोक्ने प्रयास असफल

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली समुद्री सीमा क्षेत्र छोजिन हार्वरबाट एक अपरिचित पानी जहाज उत्तर कोरिया प्रवेश गरेको छ । दक्षिण कोरियाली स्थानीय समय अनुसार उक्त जहाज अपह्रान्नको बरिव ३:५४ बजे तिर दक्षिण कोरियाली सीमा पार गर्दै उत्तर कोरियाको सीमा भित्र प्रवेश गरेको थियो ।

उक्त जहाज सीमारेखा पार गरेको थाहा पाउना साथ दक्षिण कोरियाली सीमामा खटिएका सैनिकहरुले ६० एमएम मोटार बाट २० बढी फायर, १०६ एमएम रिकोलिज तथा एमजी ५० मेसिनगन लगायतका हतियारहरु प्रयोग गरि नियन्त्रण गर्ने प्रयास गरेका थिए ।

दक्षिण कोरियाली सैनिकहरुको उक्त प्रयासलाई लत्याउदै उक्त पानीजहाज उत्तर कोरियाली क्षेत्रको करिव ३ किलोमिटर भित्र प्रवेश गरेको थियो ।हालसम्म पनि पत्ता नलागेको उक्त पानीजहाजको उत्तर कोरिया प्रवेश बारे प्रतिकृया दिदै जलसेना अधिकारीले सैनिकले तर्साएर मात्र नियन्त्रणमा लिन खोजेकाले भागेको बताएका छन् ।

उनले सैनिकले जहाजमा सोझै आक्रमण नगरेकाले भाग्न सफल भएको बताएका छन् ।उक्त घटना भएको समयमा दक्षिण कोरियाली एकिकरण मन्त्री चुङ डोङ योङ दक्षिण तथा उत्तर कोरियाली सीमाक्षेत्रबाट पुर्व तर्फ जाने रेलमार्गबारे स्थलगत अध्ययन गर्न सोही क्षेत्र आसपास गएका कारण संयमता अपनाएका कारण उक्त घटना भएको समाचारमा बताइएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *