दक्षिण कोरियाका हरेक ४ मध्ये १ जना आजीवन अविवाहित बस्न रुचाउने

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाका हरेक ४ मध्ये १ जना आजीवन अविवाहित बस्न रुचाएको हालै गरिएको एक अध्ययनले बताएको छ ।

जव कोरिया र अल्बामोनद्वारा गरिएको अध्ययनका क्रममा उक्त तथ्य फेला पारिएको हो । २० देखी ४० बर्ष उमेर समुहका ११८५ जनामा उक्त सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणका क्रममा ८३.२ प्रतिशतले बिवाहप्रति आफू सकारात्मक नरहेको बताएका छन् । बाँकीले भने आजीवन बिवाह नगर्ने बताएका हुन् । ति मध्ये ९ ३ प्रतिशत महिलाले बिवाह नगर्ने बताएका छन् भने करिव ७० प्रतिशत पुरुषले सोही धारणा राखेका छन् ।

उनीहरुले बिवाह नगर्नुका विभिन्न कारणहरु औंल्याएका छन् । पुरुषहरुले घरको मुल्य उच्च हुँदै जानु तथा बालबच्चा स्याहार गर्न समयको अभाव हुनुलाई आफूले बिवाह नगर्ने प्रमुख कारणका रुपमा लिएका छन् भने महिलाहरुले भने घर परिवारका सदस्यहरुबाट अनावश्यक किचकिच सुन्न पर्ने भएकाले बिवाह नगर्ने बताएका हुन् ।

बिवाह गर्न नचाहाने महिलाहरु मध्ये ६२.४ प्रतिशतले पारिवारिक किचलो हुनसक्ने कारण बिवाह नगर्ने बताएका छन् भने बाँकीले भने आफूले आफूलाई राम्ररी ध्यान निट तथा जिन्दगी रमाइलो गरि कटाउन बिवाह नगर्ने भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *