किम जोङ उनकी बहिनीले दिइन् दक्षिण कोरियालाई धम्की

कोरिया आज

सोल

पछिल्लो पटक दक्षिण कोरियाली बिदेशमन्त्री काङ क्युङ ह्वाले आफ्नो एक सम्बोधनका क्रममा उत्तर कोरियामा हालसम्म पनि कोरोना संक्रमित नभेटिएको बिषयमा आशंका व्यक्त गरेपछि उत्तर कोरिया रुष्ट बनेको छ ।

उक्त भनाई सार्वजनिक भए लगत्तै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङकि बहिनी किम यो जोङले एक भनाई मार्फत चेतावनी दिएकी छन् । उनले त्यस किसिमका बोली नसच्याए महंगो मुल्य चुकाउनु पर्ने समेत बताएकी छन् ।

उनले दक्षिण कोरियाली बिदेशमन्त्री जस्तो पदका ब्यक्तिले कपोलकल्पित तथा भ्रामक समाचार जनतालाई संप्रेशण गरेर अक्षम्य भूल गरेको बताउदै दक्षिण कोरियाको उक्त गल्ति बिर्सन नसकिने समेत बताएकी छन् ।

काङले हालै बहराइनमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उत्तर कोरियाले कोरोना भाइरस नियन्त्रणका लागि ठूलो समय र रकम खर्च गरेको बताउदै त्यहाँ कोरोना भाइरस संक्रमण शुन्य भएको हुन नसक्ने बताएकी थिइन् ।

उनले उत्तर कोरियामा कोरोना नियन्त्रणका बिषयमा प्रभावकारी बहसै नभएको समेत बताएकी थिइन् । यता उत्तर कोरियाले भने दक्षिण कोरियालाई आफूले बेवास्ता गर्दै आफ्नो लक्षतर्फ लागिरहेका बेला बीचमा चिढ्याउन अनाहकमा उत्तर कोरियाली मुद्दा उठाउने गरेको बताउदै त्यस्ता गतिविधि दक्षिण कोरियालाई धेरै नै महंगो पर्ने बताएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो नाम बेचेर भोट किन्ने काम बन्द गर्न समेत चेतावनी दिएको छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *