दक्षिण कोरियामा भाडामा बस्ने जोडीहरु बच्चा जन्माउन अनिक्षुक

कोरिया जानाकारी

सोल

आफ्नै घरमा बस्नेहरुका तुलनामा भाडामा बस्नेहरुका कम बच्चा हुने गरेको दक्षिण कोरियाली तथ्याङ्क विभागले बताएको छ ।

सन् २०१९ को सुरुवातबाट नोभेम्बर सम्ममा १२ लाख ६० हजार जोडी बिवाह बन्धनमा बाँधिएका छन् जुन गत बर्गको सोही अवधिको भन्दा ४.७ प्रतिशतले कम हो ।

९ लाख ६० हजार जोडीको विवाह भएको एक बर्ष पुगिसक्दा पनि ४२.५ प्रतिशतले बच्चा जन्माउन कुनै रुची नदेखाएको विभागले बताएको छ । यो दर गत बर्षको भन्दा २.३ प्रतिशतले बढि हो । आफ्नै घर हुनेमा बच्चा जन्माउन नचाहानेहरु भने ३६ प्रतिशतको हाराहारीमा मात्र रहेको विभागले बताएको छ ।

हालका दिनहरुमा दक्षिण कोरियामा घर किन्नु निकै मुस्किल कार्य रहेको बताउदै अधिकांश युवाहरु घर र घरजम मध्ये घरलाई नै रोज्ने गरेको विभागले बताएको छ । घरको स्वामित्व आफूमा नआउञ्जेल उनीहरुले अन्य कुराहरु सोच्न नचाहेको समेत विभागले बताएको छ ।

हाल विवाहितहरु मध्ये करिव ३२ प्रतिशतले मात्र घर किन्न सकेको बताउदै तथ्याङ्क विभागले आगामी दिनहरुमा यो समस्या विकराल हुने समेत बताएको छ । विभागले करिव ८५ प्रतिशत युवा ऋणमा रहेको समेत बताएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *