दक्षिण कोरियाली राजधानी सोलमा यस बर्षकै पहिलो मापन योग्य हिमपात सुरु

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाको राजधानी सोल वरपरका क्षेत्रमा मापन गर्न सकिने गरिको हिमपात सुरु भएको छ ।

देशको मौसम विभागका अनुसार आइतबारबाट राजधानी सोल लगायत देशका अन्य भागहरुमा समेत हिमपात सुरु भएको छ । दक्षिण कोरियाली मौसम विभागका अनुसार राजधानी सोल आसपासका क्षेत्रमा आइतबार बिहान ०.८ सेन्टिमिटर हिउँ परेको थियो ।

विभागले हिमपात अझै बढ्ने बताउदै स्वास्थ्य सावधानी अपनाउन समेत अनुरोध गरेको छ । विभागका अनुसार राजधानी सोल , ख्योङ्गी तथा ग्याङवान क्षेत्रमा हिमपात बाक्लिने छ ।

विभागले २४ घण्टामा उक्त क्षेत्रहरुमा हिमपात ५ सेन्टिमिटरसम्म पुग्न सक्ने प्रक्षेप्पण गरेको छ । विभागका अनुसार देशका केही स्थानमा चिसो अत्याधिक बढ्ने छ ।

देशका ख्योङ्गी , उत्तरी ग्योङसाङ , उत्तरी चुङच्योङ , गानवन लगायतका क्षेत्रमा सोमबार बिहान सम्ममा तापक्रम घटेर माइनस १० डिग्री सेल्सियस सम्म पुग्ने प्रक्षेप्पण समेत विभागले गरेको छ ।

विभागले माइनस १२ डिग्री सेल्सियस तापक्रम पुग्ने बित्तिकै खतराको घण्टी बजाउने तयारी समेत सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *