जनवरीको अन्त्यदेखि कोरोना विरुद्व खोप लगाउने दक्षिण कोरियाको तयारि

कोरिया आज

सिओल

दक्षिण कोरियामा तेस्रो लहरको कोरोना संक्रमण फैलिरहेको बेला सरकारले यहि जनवरीको अन्त्य देखि कोरोना विरुद्व खोप लगाउने तयारि गरेको छ l सरकारी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वस्थ्यकर्मिहरुमा खोप दीइने छ l

कोरियाले आपतकालीन प्रयोगको निमित प्रारम्भिक आपूर्ति स्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बिकास गरेको २५ मिलियन डोज खोप प्राप्त गर्नेछ l हाल कोरिया उक्त खोपको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको संचार माध्यम कोरिया टाइम्सले उल्लेख गरेको छ l

“सरकारी अधिकारीहरू निरन्तर खोपमा काम गरिरहेका छन्। म भन्छु कि बेलायतमा आधारित समूहको खोपको बारेमा केही चिन्ता हुँदाहुँदै पनि देशले सुरक्षित गरेको खुराकको मात्राको आधारमा यो प्रक्रिया जनवरीको अन्तदेखि सुरु हुन सक्छ,” एक सरकारी अधिकारीले भने l

आइतबार बिहान प्रधानमन्त्री चुंग सिए-कुनले स्थानीय टेलिभिजन कार्यक्रम केबीएससँगको एक अन्तर्वार्तामा भने कि पहिलो क्वाटरमा एस्ट्राजेनेकाले निर्माण गरेको खोप लगाएर खोप कार्यक्रम सुरु हुनेछ, फाइजर र जान्सेनले विकास गरेका खोपहरु हाललाई उपलब्ध हुँदैनन् किनकि यसको कुनै “मात्रा ग्यारेन्टी” अझै उपलब्ध हुन सकेको छैन l

दक्षिण कोरियामा गएको एक हप्ता देखि दैनिक संक्रमितको संख्या १ हजार नाघ्दै आइरहेको छ lआइतबार १०९७ जना नयाँ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या ४९ हजार ६ सय ६५ पुगेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *