सोल
उत्तर कोरियाले हालसम्म १०,९६० जनाको कोरोना भाइरस परिक्षण परिएको जानकारी विश्व स्वास्थ्य संगठनलाई दिएको छ । हालसम्म एक जनामा पनि कोरोना संक्रमण नपाइएको समेत उक्त जानकारीमा भनिएको छ ।
२१,८८६ संकलित नमुनाहरु मध्येबाट उक्त संख्याका नमुनाहरु आरटी पिसिआर विधिबाट परिक्षण गरिदाँ हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको विश्व स्वास्थ्य संगठनको विज्ञप्तिमा भनिएको छ ।
संगठनका अनुसार करिव ४,४४५ जना जतिमा गम्भिर प्रकृतिको ज्वरो तथा निमोनियाँसँग सम्बन्धित लक्षण पाइएता पनि उक्त लक्षण कोरोना भाइरससँग नमिलेको पाइएको छ । उनीहरुलाई क्वारेन्टिनमा राखेर उपचार पश्चात घर पठाइएको छ ।
हालसम्म उत्तर कोरियामा ३३,२२३ जना ब्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ । हाल उत्तर कोरियाले सबै नाकाहरु बन्द गर्दै कडा सुरक्षा ब्यवस्था कायम गरेका कारण विश्व स्वास्थ्य संगठनका स्वास्थ्य सामाग्रीहरु समेत चीन तथा दुबईका स्टोरहरुमा राखिएको समाचारमा बताइएको छ ।