किशन गौतम
सन् २०२०मा दक्षिण कोरियाको जनसंख्या पहिलो पटक घटेको छ।आन्तरिक तथा सुरक्षा मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो जनगणना तथ्यांक अनुसार दक्षिण कोरियामा डिसेम्बर ३१ सन् २०२० सम्म कुल जनसंख्या ५ करोड १८ लाख २९ हजार २३ रहेको छ l
उक्त जनसंख्या अघिल्लो बर्ष सन् २०१९ भन्दा २० हजार ८ सय ३८ ले घटेको हो lनयाँ बच्चा जन्मिने भन्दा मृत्यु हुनेको संख्या बृद्वी भएपछी सन् २०२०मा जनसंख्या घट्न गएको हो l
यो भन्दा अघिल्ला १० बर्षमा भने जनसंख्या केहि बृद्वी भएको थियो l यधपी बृद्वी दर भने करिब स्थिर जस्तै रहदै आएको थियो l सन् २००९ मा १.४९ प्रतिशतले बृद्वी भएको थियो भने सन् २०१९ सम्म आइपुग्दा बृद्वी दर ०.५ मा झरेको तथ्यांकले देखाएको छ l
सन् २०२० मा २ लाख ७५ हजार ८ सय १५ नयाँ जन्म भएको छ भने मृत्यु हुनेको संख्या ३ लाख ७ हजार ७ सय ६४ रहेको रहेको छ l सन् २०११ देखि १९ सम्म आउदा मृत्यु दर केहि बढेपनि कुल जनसंख्या भने घटेको थिएन lहेल्लो नेपाल कोरिया डटकम