दक्षिण कोरियाको सैन्य क्षमता उत्तरको भन्दा धेरै बलियो बन्दै

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली सैन्य संरचना विश्वकै छैटौँ शक्तिशाली संरचना रहेको ग्लोबल फायर पावरले बताएको छ । यता उत्तर कोरिया भने सुचीको २८ औँ स्थानमा रहेको छ ।

ग्लोबल फायर पावर अनुसुची अनुसार दक्षिण कोरियाले
०.१६२१ स्कोर गर्दै सुचीको छैटौँ स्थानमा रहेको हो । यता उत्तर कोरियाको भने ०.४६८४ स्कोर रहेको छ । दुबै देशको उक्त अंक १३४ पुर्णाङ्कमा आधारित रहेर गरिएको हो ।

सैन्य संरचनाका ५० विविध विधाहरुको अध्ययनका आधारमा उक्त अनुसुची तयार गरिएको श्रोतले बताएको छ । उक्त अनुसुचीमा जति न्युन अंक प्राप्त हुन्छ, त्यति नै सैन्य क्षमता मजबुत भन्ने बुझाउछ ।

सुचीको पहिलो स्थानमा अमेरिका रहेको छ । दोश्रो स्थानमा रसिया, तेश्रो स्थानमा चीन, चौथो स्थानमा भारत तथा पाँचौ स्थानमा जापान रहेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले स‌ैन्य क्षमता तथा हतियारको क्षमता विस्तार गरेको बताएता पनि दक्षिण कोरिया भन्दा धेरै पछाडी रहेको उक्त अनुसुचीले स्पष्ट पार्दछ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *