सन् २०२१ मा कोरियाली भाषा परिक्षा तीन पटक सञ्चालन गरिने

कोरिया जानाकारी

सोल

गैर आवासीय नागरिकका लागि सञ्चालन गरिदै आएको कोरियाली भाषा परिक्षा यस बर्ष कोरिया बाहिर मात्र तीन पटक सञ्चालन गरिने भएको छ ।

कोरीयाली भाषा बोल्ने गैर आवसीय नागरिकका लागि उक्त योजना ल्याइएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

पछिल्लो सुचना अनुसार उक्त भाषा परिक्षाहरु अप्रिल १०-११, जुलाई ११ तथा अक्टोबर १६-१७ मा सञ्चालन गरिने छन् । परिक्षाका लागि रजिष्ट्रेशन मिति समेत तोकिइएको छ ।

सुचना अनुसार उल्लिखित परिक्षहरुका लागि क्रमश जनावरी २९ बाट फेब्रुअरी ३, मे २१-२७ तथा अगष्ट ३-९ सम्म परिक्षाका लागि रजिष्ट्रेशन गर्न सकिने छ।

भाषा पिक्षा सञ्चालन गर्ने इपिएस टपिकका अनुसार इच्छुक ब्यक्तिहरुले नजिकैको कोरियन भाषा प्रशिक्षण केन्द्रबाट उक्त फारम भर्न सक्ने छन् । परिक्षाका लागि भने ८७ देशका ३११ परिक्षा केन्द्रहरु तोकिएको छ ।

अधिकारीहरुका अनुसार उक्त परिक्षाको नतिजा पश्चात पास भएमा प्रमाण पत्रलाई दक्षिण कोरियामा अध्ययन गर्न तथा रोजगारीका निम्ति समेत प्रयोग गर्न सकिने टपिकले जनाएको छ । विस्तृत जानकारीका लागि www.topik.go.kr मा लग इन गरेर हेर्न समेत विभागले भनेको छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *