दक्षिण कोरियामा पहिलो पटक बिरालोमा भेटियो कोरोना भाइरस संक्रमण

कोरिया जानाकारी

सिओल

दक्षिण कोरियामा पहिलो पटक एक बिरालोमा कोरोना भाइरस संक्रमण फेला परेको छ lसमाचार एजेन्सी योंगापका अनुसार दक्षिणी ख्याङ्गसान प्रान्तको जिन्जुमा रहेको एक बस्तीमा रहेको उक्त बिरालोमा भाइरस संक्रमण भेटिएको हो l

यसरि मानिस बाहेक जनावरमा समेत कोरोना संक्रमण भेटिएको दक्षिण कोरियामा पहिलो घटना हो lपछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएपछि कन्ट्रयाक ट्रेसिंग को आधारमा परिक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको बताइएको छ l

उक्त बिरालो पाल्ने परिवारका ३ जना सदस्यमा पनि भाइरस पुष्टि भएको छ lप्रधानमन्त्री चुङ् ले क्यूनले प्रेस ब्रिफिंङमा बोल्दै कोरियामा मानिस बाहेको अन्य जनावरमा समेत भाइरस देखा परेको पहिलो घटना भएकोले सबैजनालाई सचेत रहन आग्रह गरेका छन् lहेल्लो नेपाल कोरिया डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *