कोरियामा कोरोना संक्रमित संख्या फेरी दैनिक ५०० माथि

कोरिया आज

सिओल

दक्षिण कोरियामा दैनिक कोरोना संक्रमित संख्या १० दिनपछि बुधबार पुन ५०० माथि पुगेको छ।

बुधबार कोरियामा ५५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् जसमा ५१६ जना स्थानिय संक्रमित हुन् भने बाँकी बाहिरबाट आयातित संक्रमित हुन्। बुधबार ५५९ जना थपिएसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको कुल संख्या ७६ हजार ४२९ पुगेको छ।

बुधबारको संक्रमित संख्या अघिल्लो दिन मंगलबारभन्दा केहि बढेको छ। मंगलबार ३५४ जना संक्रमित थपिएका थिए भने सोमबार उक्त संख्या ४३७ रहेको थियो। बुधबार संख्या बढ्नुमा राजधानी सउलबाट ३२९ किलोमिटरको दुरीमा रहेको ख्याङ्जु क्षेत्रको एउटा धार्मिक बिध्यालयमा भएको सामुहिक संक्रमण हो।

बुधबार ख्याङ्जु शहरमा अवस्थित टीसिएस अन्तराष्ट्रिय विध्यालयमा १०९ जना संक्रमित भेटिएका थिए भने थेजन शहरमा रहेको आईइएम बिध्यालयमा १७१ जनामा सामूहिक संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण फैलन रोक्न अहिले कोरियामा ५ जना र सोभन्दा बढि मानिसको जमघटमा रोक लगाईनुका साथै बेलुकी ९ बजेपछि देशभर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा रोक लगाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *