KTX मा भेटिएकी ति सुन्दर यूवती लाई फेरी देख्न पाए …

कोरिया जानाकारी

सन्दिप पराजुली

करिब दश मिनेटको पर्खाइपछि साइरन बजाउदै टे्न आयो।लामबद्द मानिसहरु सगै म पनि टे्न मा चढिहाले।हत्तनपत्त खालि भएको सिटमा थप्पक बसि पनि हाले।

हातमा बोकेको ब्याग निकालेर काखमा यसो राख्दै के थिए नजर उहि सामुन्नेको सिटमा पुग्न गयो।सिल्कि परेका कपाल,निलो ज्याकेट, सेतो कलरको रिबुक ब्रान्डको जुत्ता,कानमा एयरफोन र हातमा मोबाइल चलाएर बसेकि युबति भएको ठाउमा नजरहरुले भर्मण गर्न चाहे।

सुन्दर चिजहरुमा नजर जानु स्वाभाभिक नै हो भनेर ठानेर करिब 5 सेकेन्ड जति उनलाइ हेरि हाले।त्यो भन्दा बढि हेर्न मन थियो,हेर्न मन लागेको समयलाइ सेकेन्डमा हैन मिनेट सम्म पुर्याउने धोको थियो तर बिवश थिए आखै अगाडि सरले पढाएका ति कोरियाका नियमहरु झल्लझलि घुमिरहेका थिए। उठेका नजरहरु एक्कासि भुइतिर हेरिन लागे।पुलुक्क दोस्रो पटक हेर्ने निधो गरे तर सकिराखेको थिइन।

यसो बोलेर नाम सोध्न र केहि कुरा मन नभएको नि हैन तर आकाशको फल आखा तरि मर भन्ने उखानले जिस्काइरहेको जस्तो लाग्थाै सगै बसेका साथीहरुलाइ यसो इशारा गरे। उनिहरु फिस्स मात्रै हासे अनि मनमनै सोचे सालेहरु नेपालमा यसरि हेरेको भए भाउजु भनेर जिस्काउन थालिसक्थे तर उनिहरु पनि बिबशताका कारणले फिस्स मुस्कान बाहेक अरु केहि गर्न सक्दैनथे।

अर्को पटक हेर्ने धोकोलाइ आखा चिम्म गरेर मनमनै सोच्ने र उनिसग माया गासेका पिरतिका कुराहरु मनमा खेलाउने भन्दा अरु कुनै अपस्न बाकि थिएन्न।

हरियालि जङ्गल,पानि पधेरामा उनि र म हात समाउदै अङगालो मार्दै गफ गर्दै छुट्टै सन्सार निर्माण भइसकेछ, कोरियन बुहारि ल्याइस भनेर वरपर छर छिमेक तिर खेैलाबैला। केहि क्यामेरा बोकेर आएका युटुभ च्यानलहरु लब कसरि परो भनेर सोध्दै घर सम्म आएका ।

नेपालमा खासै काम गर्ने नआउने उनि! घास काट्न घर पोत्ननेपालि सस्कार नआउदा वा नजान्दा कमेडि हुन्थ्यो रमाइलो लाग्दथ्यो।यि कुराहरुलाइ फेरि मनले सोच्न छाडेर उनको गालामा चुम्बन गर्न लागेको कुरा सोच्न लागे।हात उनको टाउकोमा राखेर बिस्तारै गाला समाएर चुम्बन गर्ने मेरो धोको पुरा हुदै थियो।

” इ यक उन …. इम्निदा रेलमा बजेको शब्दले म झल्यास ब्युझिए । कुन दुनियामा हराएछु पत्तो पाउन सकिन। आफै कहा छु के गर्दै छु थाहा पाउन सकिन।

तर आफु बसेको सिट सामुन्ने बसेकि उनलाइ यसो हेरे उनि त्यहा थिइन्न, सपनामा बसेको त्यो पिरति बिपनिमा नै टुट्यो।अनि यसो सम्झिए”” यदि म सन योङ मिन वा कुनै बिटिएसको कुनै स्टार भइदिएको भए सायद यो सपना मैले हैन उनले देख्दिन होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *