इपिएस काेरिया शाखाकाे याे कस्तो गैरजिम्मेवार जवाफ ? भन्छ गलत सुचनाले हैरान भयौं

कोरिया जानाकारी

काठमाडौं

ईपीएस कोरिया शाखा ग्वार्को को सुचना भन्दै eps news portal लाइक पेज बाट एउटा सुचना आइतबार दिउँसो शेर भएको थियो ।उक्त सुचनामा Committed workers को 2021-02-21 सम्म का CCVI प्राप्त भएको Name list यस सुचनामा प्रकाशित गरिएको छ ।

यस्तै कुराहरु उक्त शेर गरिएको सामाग्रीमा उल्लेख थिए ।त्यसको तल कमेन्टहरु हेर्दा हामी पनि अलमल परेर तथ्य चेक गर्न श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक राेजगार विभाग अन्तर्गतकाे इपिएस काेरिया शाखा ग्वार्काेमा सम्पर्क गर्ने प्रयास गरियो ।

कार्यालयकाे फाेन आधा घण्टा जति बिजि थियोे, बल्ल हाम्रो पालाे आयो ।हामीले eps news portal मा शेर भएको सामाग्रीकाे बारेमा जिज्ञासा राख्यौं, तर हाम्रो जिज्ञासा पुरै नसुनेर एकजना महिला कर्मचारीले भनिन् सामाजिक सञ्जालमा प्रकाशित हुने ,झुटा र गलत सुचनाले हैरानी व्यहोर्नु परेकाे छ ।

हामीले हिजोआज कुनै पनि सुचना जारि गरेको छैनौं यहि बिषयमा सयौं कल आउछन् थकित हुदै ती कर्माचारीले भनिन् ।हामीले फेरि eps news portal काे सामाग्री पढेर सुनायाै तर पनि उनलेे फेक भनिरहिन ।

हामीले सुचना अधिकारीकाे नाम अथवा माथिल्लो तहकाे कर्मचारी सँग कुरा गर्छौ भन्दा उनलेे म पनि आधिकारिक हु, हाम्रो वेबसाइटमा हेर्नु हाेला केही नयाँ अपडेट तर हिजोआज अपडेट छैन यति भनिन् ।

सामाजिक सञ्जालमा यस सम्बन्धि अनेक भ्रमपुर्ण सुचनाहरु प्रकाशित हुन्छन्, साच्चिकै हाे कि भनेर धेरैले हामीलाई बुझन कल गर्नुहुन्छ ,दिनभर बुझाउने मात्रै काम हुन्छ उनलेे भनिन् ।

हामीले वेबसाइट चेक गर्दा Eps news portal ले शेर गरेको सामाग्री फेब्रुअरी २१ तारिख १०:१८Pm मा प्रकाशित भएको आधिकारिक देखियो ।हामी अचम्मित भयौं पटकपटक उक्त सुचनाकाे बारेमा साेध्दा ती महिला कर्मचारीले इन्कार गरेको उक्त कुरा आधिकारिक वेबसाइटमा प्रकाशित मिति सहित रहेछ ।

भाषा परीक्षा मार्फत श्रम गर्न दक्षिण काेरिया नेपाली पठाउने मुख्य जिम्मेवारी बाेकेकाे याे शाखा बाट श्रमिकका सम्पुर्ण गतिविधिहरु जानकारी गराउनुपर्ने हुन्छ ।तर इपिएस ग्वार्काे शाखाले बारम्बार यस्तै गैरजिम्मेवार हर्कत देखाउदा आलाेचित हुनु परेको छ ।

।नेपालीहरुकाे आकर्षक राेजगारी गन्तव्यकाे रुपमा रहेकाे दक्षिण काेरिया जान भाषा पास गरेका अथवा दक्षिण काेरिया बाट एक कार्यकाल पुरा गरेर पुन जाने तयारीमा रहेकाहरुकाे बारेमा सामाजिक सञ्जालमा इपिएस शाखाको नाममा जारि गरिने गलत र झुट सुचनाले कर्मचारी मात्रै हाेइन सर्वसाधारण पनि हैरानीमा पर्छन् ।तर जिम्मेवार निकाय नै गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि जवाफदेहिता कसरी कायम भयो र ?काेराेना भाइसका कारणले दक्षिण काेरिया जान नपाएका धेरैले यस बारे बुझने गर्छन् ।समयमै जवाफदेहिता कायम नगर्ने भन्दै बेला बेला पिडितहरुले इपिएस शाखा प्रति आक्राेश पाेख्दै आएका छन ।हाम्रा खबर डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *