गाेक्याेमा स्केटिङ: एउटा प्रचार–प्रहसन

खेलकुद

२ फागुनमा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले सोलुखुम्बु जिल्लाको गोक्यो तालमा आइस स्केटिङ र आइस हकीको मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्‍यो । प्रतियोगितामा भारतका चार, अमेरिकाका तीन, रसियाका तीन र क्यानडाका दुई जना खेलाडीको सहभागिता थियो, जसमध्ये केही ओलम्पिकमा सहभागी खेलाडी पनि थिए । खेलाडीसहित चार जना गाइड र चार जना सचिवालयका कर्मचारी टोली २४ माघमा काठमाडौंबाट हिंडेर १ फागुनमा ४७९० मिटर उँचाइमा रहेको गोक्यो ताल पुगेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य भ्रमण वर्षमा नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा प्रतियोगिता आयोजना गरेको बताउँछन् । “हिउँद पर्यटनको सिजन होइन भन्ने मान्यता छ । यो मान्यता बदल्न प्रतियोगिताको आयोजना गरेका हौं”, उनी भन्छन् । यसबाहेक प्रतियोगितालाई संसारकै उच्च हिमाली क्षेत्रमा भएको आइस स्केटिङ प्रतियोगिता पनि मानिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको यो तालमा हिउँदको समयमा खेल प्रतियोगिता आयोजना गर्ने निर्णय भने एक वर्ष पुरानै हो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रामसार साइटमा समेत सूचीकृत ३० वर्ग किलोमिटर क्षेत्रफलमा रहेको तालमा खेल प्रतियोगिता गर्दा हुनसक्ने जोखिमको अध्ययन नभएको भन्दै स्वीकृति दिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *