अमेरिकी आइडोलको स्टेजमा नेपाली आवाजको जादु

समाचार

अमेरिकाका वसोवास गर्ने दिवेश पोखरेल नेपाल छँदा देखि नै संगीतका स्वादी र पारखी थिए, अहिले अमेरिकी आइडोलको स्टेजमा निकै माथि उक्लीसकेका दिवेश संगितका पौरखी पनि रहेछन्, विश्वले चाल पाँउदै छ । बिशेषत अमेरिकी लोकगीतमा आफ्नो प्रस्तुतिहरु केन्द्रित राखेका आर्थरले पहिलो अडिशनमा नै आफ्नो आवाजको जादु छरिदिए, गोल्डेन माइकका साथ यिनी सोझै हलिवुडको अडिशनमा पुगे ।

मेरो देश नेपाल हो भनेर जजहरुलाई बताएका आर्थरले आफ्नो हरेक अडिशनमा आफ्नो जरो भएको देश नेपाललाई अत्यन्त सुन्दर देश भन्न र दोश्रो अडिशनमा त नमस्ते नै गर्न भ्याए, उन्का पश्चिमा संगित र पूर्विय संस्कार दुबैको राम्रो मिश्रण देखिन्छ ।उन्का साथीले ए तेरो देश भएको ठाँउमा त माउण्ट एभरेष्ट पनि छ है भनी सोद्धा आर्थरले हो त्यहाँ माउण्ट एभरेष्ट छ भनेको भिडियो पनि अमेरिकी आइडोलले आफ्नो संस्करणमा देखाएको छ । मेरो जनरा गायक र गीतकार हो, आज म ओटिसको हार्ड टु ह्याण्डल भन्ने गीत गाउनेछु भनी आर्थर गीतार भिरेर स्टेजमा छिरे । यिनको गायकी यति मदहोश गर्ने खालको थियो कि जजहरु नै ओन्स मोर भनेर भन्न
थाले ।

यिनले प्रस्तुति दिँदै गर्दा यिनकी दिदि पनि दर्शकदिर्घाका देखिन्छिन्, नेपाल समबन्धी कुरा र बिशेषत भाइले नमस्ते गर्दा यिनकी दिदि पनि परबाट नमस्ते भनेर कराएको र भाइलाई हौसला दिएको देख्न सकिन्छ । यिनले स्टेज तताएर जाँदा जजहरुले नमस्त्ते शव्दको उच्चारण प्रयास गरिरहेका देखिन्छन्, आर्थरको अमेरिकी आइडोलको यात्रा जारी रहोस्, सगरमाथाको देशका मान्छेहरुले हार्न जानेका हुन्नन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *