नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बन्द

खेलकुद

काठमाडौं  नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् ।सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् ।विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले हिजो केही कडा प्रावधान लागु गरेको छ ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार मात्रै कम्तिमा एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।राखेपले त्यस पश्चात भने परिस्थिति हेरेर निर्णय गरिने जानकारी गराएको थियो ।तर सरकारको पछिल्लो निर्देशनपछि अब रंगशालाहरु कम्तिमा बैशाख १८ सम्म बन्द रहने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *