आईपीएल रद्द गर्न भारत सरकारको आग्रह

खेलकुद

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द गर्न भारत सरकारले इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई आग्रह गरेको छ ।विश्वमा फैलिएको कोरोना भाइरसको प्रभावलाई ध्यानमा राख्दै आईपीएल रद्द गर्न भारतिय सरकारले आग्रह गरेको जनाएको छ ।प्रतियोगिता यसअघि मार्च २९ बाट सुरु हुने तय भएको थियो । तर, भारत सरकारले १५ अप्रिलसम्म कुनै पनि विदेशी खेलाडीलाई भारत प्रस्थानमा रोक लगाएपछि प्रतियोगिता सरेको थियो ।

अप्रिल १५ पछि पनि प्रतियोगिता आयोजना गर्दा विदेशी खेलाडीको आगमनले परिस्थिति खतरा बन्नसक्ने भन्दै भारतीय सरकाले यस्तो आग्रह गरेको हो ।आईपीएल आयोजकले यस बारेमा छलफल भइरहेको बताएको छ । १३ औं संस्करणको आईपीएल रद्द गर्ने नगर्ने विषयमा शनिबार बैठक बस्नेछ । शनिबार बस्ने बैठकमा भारतिय क्रिकेट प्रमुख र प्रायोजकबीच छलफल हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *