विश्वभर काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रमित

समाचार

काठमाडाैं, २४ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्या’न गुमाउनेको संख्या ७५ हजार नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या ७४ हजार ६९२ पुगेको छ ।

अहिलेसम्म विश्वभर साढे १३ लाख ४६ हजार ४२८ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ७८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । अहिले झण्डै १० लाख मानिसमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ७५ हजार भने गम्भीर अवस्थामा छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६३६ जनाको मृ’त्यु भएको छ भने साढे ३ हजार नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ३२ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये २२ हजार ८३७ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ९३ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये ४ हजारकाे अवस्था गम्भीर रहेको छ ।

काेराेनाकाे कारण इटालीपछि सबैभन्दा बढी स्पेनमा मृ’त्यु भएकाे छ । अहिलेसम्म स्पेनमा काेराेनाका कारण १३ हजार ३४१ जनाको ज्या’न गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७ सय जनाको ज्या’न गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा अहिलेसम्म १ लाख ३६ हजारभन्दा बढी काेराेना संक्रमित भएको छन् । तीमध्ये ४० हजार ४३७ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ८२ हजार ८९७ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ६ हजार ९३१ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने देश हाे अमेरिका । मृत्यु हुनेमा भने अमेरिका तेस्राे नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ३ लाख ६७ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । साेमबार मात्रै अमेरिकामा ३० हजारभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म अमेरिकामा काेराेनाबाट १० हजार ८७१ जनाकाे मृ’त्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा १ हजार २५५ जानकाे मृ’त्यु भएकाे छ । संक्रमितमध्ये १९ हजार ६७१ जान भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले अमेरिकामा ३ लाख ३६ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ८७९ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ ।

काेराेना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेकाे छ । जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३ हजार १ ३७४ पुगेकाे छ । तीमध्ये २७ हजार ७ सय भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले जर्मनीमा ७१ हजार ८४९ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ५ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ १ हजार ८१० जनाले काेराेनाका कारण ज्या’न गुमाएका छन् ।

फ्रान्समा जर्मनीमा भन्दा कम संक्रमण भएतापनि मृतककाे संख्या भने निकै धेरै रहेकाे छ । फ्रान्समा अहिलेसम्म काेराेनाका कारण करिव ९ हजारकाे ज्या’न गएकाे छ । साेमबार मात्रै फ्रान्समा ८३३ जनाकाे मृ’त्यु भएकाे छ ।

अहिलेसम्म फ्रान्समा ९८ हजार काेराेनाबाट संक्रमित भएका छन् । जसमा साेमबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रिमत थपिएका हुन् । अहिले त्यहाँ ७१ हजार ८४९ जनामा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेनाकाे उद्गम स्थल चीन भने अहिले १२ सयकाे हाराहारीमा मात्रै काेराेना सक्रिय रहेकाे छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निकाे भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८१ हजार ७ सय जनामा कोरोनाको संक्रमण देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *