टोटनह्यामका ह्यारी केनको मूल्य २ सय मिलियन युरो

खेलकुद

एजेन्सी । इंग्लिस क्लब टोटनहमले प्रभावशाली खेलाडी ह्यारी केनलाई बेच्ने तयारी गरेको छ । क्लबसँग खुसी नरहेको केनलाई बेच्नको लागि मूल्य समेत तोकेको छ ।

क्लबले केनलाई कीर्तिमानी रकममा बेच्ने तयारी गरेको छ । अन्य क्लबहरुले पनि आँखा लगाइरहेको बेला टोटनहमले २ सय मिलियन युरोमा बेच्न लागेको हो ।

टोटनह्यामका अध्यक्ष डेनियल लेभीले उक्त रकमबारे खुलासा गरेका हुन् । केनले जारी सिजन को अन्त्यसँगै क्लब छोड्नसक्ने बताइएको हो ।

केनलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेड लगायतका क्लबहरुइच्छुक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *