एजेन्सी । कोरोना भाइसरका कारण विश्व खेलजगतको गतिविधि शून्य छ । धेरैजसो खेलाडी आ–आफ्नो घरको बन्द कोठामा क्वारेन्टाइनमा बसेका छन् ।
यसै क्रममा पेरिस सेन्ट जर्मन (पीएसजी) का मार्को भेराट्टीले लकडाउनमा टिम सहकर्मीको याद आउने बताएका छन् । इटालियन अन्तर्राष्ट्रिय मार्कोले आफू सुरक्षित रहेको बताएका छन् ।
उनी हाल आफ्नो परिवारसँग समय बिताइरहेका छन् । “म ठीक छु । यो समय सबैका लागि कठिन छ । तर, म आफ्नो परिवारसँग सकारात्मक सोचसँग समय बिताइरहेको छु,” मार्कोले भने, “हाल म त्यो विषय गर्ने प्रयास गर्दै छु । जुन यसअघि गर्ने मैले समय पाएको थिएन ।”
उनले हरेक दिन पहिलेभन्दा कम भए पनि प्रशिक्षण गरिरहेको बताएका छन् । “हामी टिम सहकर्मीसँग धेरै कुरा गर्छौं र एक–अर्कोबारे जानकार रहन्छौं । किनकि हामीमा हरेक दिन एकसाथ रहने बानी परिसकेको छ,” मार्कोले भने ।