कोरियामा पहिलो पटक १८ बर्षका नागरिकले मतदान गरे

कोरिया आज

सोल – कोरोना संक्रमणकै विच कोरियामा संसदीय चुनाव सम्पन्न भएको छ । आज सम्पन्न भएको सो चुनावमा १८ बर्ष पूगेका नागरिकहरुले समेत मतदान गरेका छन् । यो कोरियाली इतिहासमा नै पहिलो पटक हो जसमा १८ बर्षका नागरिकले मतदान गरेका हुन् ।

यस अघिका निर्वाचनहरुमा १९ बर्ष पुगेकाहरुलाई मात्र मतदान गर्न दिइने परम्परा रहेकोमा गत पन् २०१९ को अन्त्य तिर कानुन परिमार्जन गरि १८ बर्ष उमेर भएकाहरुलाई पनि मतदान गर्न पाउने बनाइएको थियो ।

गत वर्ष सम्म आर्थिक साझेदारी तथा विकास संस्थाका सदस्य राष्ट्रहरु मध्ये कोरिया मात्र एउटा देश थियो जसले १८ बर्ष उमेर पुगेका नागरिकहरुलाई मतदान गर्न दिदैन थियो।

कोरोना संक्रमणको संत्रास व्याप्त रहेका बेला मानिसहरु मतदान गर्न नजाने पो हुन् की भन्ने शंका आम नागरिकमा रहेता पनि मानिसहरुको मतदान स्थलमा उल्लेख्य सहभागिता रहेको थियो । कैयौ किलोमिटरको यात्रा गरेर पनि मानिसहरु मतदान स्थल सम्म आएका थिए ।

स्थानीय युवाहरुलाई सोधिएका प्रश्नहरुमा आएका जवाफहरुले पनि उनीहरुमा देशको नयाँ नेतृत्व छनौट प्रतिको इच्छा स्पस्ट देख्न सकिन्थ्यो । कतिपयले असल नेतृत्व छनौटका लागि मतदान गर्न आएको जसले असल कोरियाको निर्माण गर्ने बताएका थिए भने कतिपयले भने घोषणा पत्रको गहन अध्ययन पश्चात मात्र आफूहरुले कसलाई मतदान गर्ने बारे सोचेको बताएका छन् ।

मतदान अधिकृतहरुका अनुसार यस पटकको संसदीय चुनावमा कोरियाका १८ बर्ष पुगेका युवाहरु मात्र करिव ५,४०,००० रहेका छन् भने १,४०,००० जना विद्यालय स्तरका नागरिकहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *