दक्षिण कोरियामा कोरोना भाइरसका कारण एक महिनामै करिब २ लाख रोजगारी गुम्यो

कोरिया जानाकारी

किशन गौतम /सउल ,विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसका कारण दक्षिण कोरियाको श्रम बजारमा नराम्रो प्रभाब पर्न थालेको छ । ब्यापार व्यावसायमा आएको मन्दी संगै रोजगार गुमाउनेको संख्या बढ्न थालेको एक सरकारी तथ्यांकले देखाएको छ ।गएको मार्चमा मात्र दक्षिण कोरियामा १ लाख ९५ हजार रोजगारी गुमेको छ ।

यसरि रोजगारी गुमाउनेको संख्या सन २००९ पछिको सबैभन्दा उच्च हो । २००९ मा २ लाख ४० हजार रोजगारी गुमेको थियो । सर्वेक्षण अनुसार ,कोरोना भाइरसका कारण मानिसहरुको कम चहल पहल हुन् थालेपछि कम्पनि , तथा व्यापारिक केन्द्रहरुमा १ लाख ६८ हजार रोजगारी गुमेको छ ।

गत महिना होटेल रेस्टुरेन्ट तथा अन्य खाध्य ब्यावसयमा १ लाख ९ हजार रोजगारी कम भएको छ । गत महिना कृषि तथा मत्यपालानमा १ लाख ३४ हजार रोजगारी थप भएको थियो भने स्वाथ्य तथा सेवा क्षेत्रमा ८२ हजार थप रोजगारी सिर्जना भएको थियो ।यसरि रोजगारी गुमाउनेमा पार्ट टाइम तथा फेस टु फेस सम्पर्कमा आउने कामदारको संख्या धेरै रहेको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *