नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

समाचार

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

यसको स्वास्थ्य मन्त्रालयले भने अझै आधिकारिक पुष्टि गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दिउँसको प्रेस बिफ्रिङपछिमात्रै काठमाडौँस्थित केन्द्रिय प्रयोगशालामा यसको परिक्षण भएकाले यसबारे केहिबेरमा औपचारिक जानकारी दिने तयारी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *