सुदूरपश्चिम समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष स्व. नविन कार्कीको परिवारलाई आर्थिक सहयोग

कोरिया जानाकारी

सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष स्व.नविन कार्कीको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।गएको चैत्रमा उपचारका क्रममा अल्पायुमै भएको असामयिक निधन प्रति गहिरो दुख प्रकट गर्दै सुदुरपश्चिम समाज दक्षिण कोरियाले उहाँले आफ्नो कोरिया बसाईको अवधीमा सुदुरपश्चिम समाजलाई गर्नुभएको योगदानलाई स्मरण गर्दै स्व.कार्कीको परिवारलाई दुखको क्षणमा

सुदुरपश्चिम समाज दक्षिण कोरिया शोकाकुल परिवार संगै छ भनेर विश्वास दिलाउन सुदुरपश्चिम समाजका सचिव योगेश बोहराको संयोजकत्वमा अभियान संचालन गरेर कोरियामा रहेका नेपालिहरु मिलेर उठाएको रकम २ लाख २७ हजार ७ सय ८५ रुपैयाँ बिहिवार सुप समाजका पुर्वसदस्य तथा समासेवी टेकराज कठायत

मार्फत स्व.नविन कार्कीको परिवारलाई हस्तान्तरण गरिएको छ।सुदुरपश्चिम समाज दक्षिण कोरिया अध्यक्ष वीर पाल ,महासचिव ओम साउँदले आगामी दिनमा पनि उहाँको परिवारलाई आवाश्यक परेको खण्डमा सहयोग गर्ने बताउनु भएको छ।यस समाजका पुर्ब अध्यक्षहरु जितेन्द्र महता, लाल साउद , धर्मराज जोसी, कमल बहादुर शाहि , सल्लाकार डा. अग्नि कोईराला लगायतले स्वर्गिय नविन कार्किको सुदुर पश्चिम समाजमा गरेको योगदानको उच्च मुल्याकन सहित उहाको कार्यको पनि प्रसंन्सा गरेका छन ।

बैदेशिक रोजगारीमा जान थालेको १२ बर्ष भईसकेको थियो, कैलालीको लम्कीचुहा नगरपालिका वड़ा नम्वर ६ का नन्दलाल (नविन) कार्की। बिदेशमा रोजगारीकै क्रममा पनि उनी धेरै सामाजिक कार्यमा सक्रिय थिए।सुदूरपश्चिम नेपाली समाज कोरियाका अध्यक्ष भएका थिए भने नेपाली जनसम्पर्क समिति कोरीयाका उप सभापति भईसकेका थिए।कोरियामा रहेका विभिन्न संघसस्थामा उनको आवद्धता थियो। कोरियामै रोजगारीका क्रममा समस्यामा परेका सुदूरपश्चिमवासीको उद्धारमा पनि उनी सक्रिय थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *