कोरोना मुर्दावाद!नेपाली सुकुटी अचार जिन्दाबाद!

Uncategorized

हरिराम भण्डारी/सउल,ढंग न डाल ढिंडाको काल भने झै मलाई मिठो खाना बनाउन ॲाउदैन।फेरी खान भने मिठो नै चाहिन्छ।जिउरोले नौ वटा स्वाद छाम्छ गाॅठे।परदेसमा के यो संभव होला?भगवानले पुर्याउदा रचन।जस्तालाई तस्तै ।नमिठो खान परेको छैन।टिपिकल थकाली भान्साका परिकार मेरो कोठामा आईदिए कस्तो हुॅदो हो ?सपना देख्थे। मेरी ॲावई!आज बिपनै भयो।भुॅईमा खुट्टै छैन।

आहा!कति मिठो अचार।सात समुन्द्रपारीको यो बिरानो मुलुकमा टिउॅरको चटनी,टाठो पिरो अचार,सुकौटी,सेलरोटी जस्ता परिकार पाईएमा कति खुसि भईएला?सलनाल छुसकमा आक्कलझुक्कल सउल जाॅदा नेपाली रेष्टुरेन्टमा पाईने नेपाली स्वाद आफ्नै भान्साको खान ठिक्क पारेको थाल अगाडिनै पाॅउदा कम्ति खुसि लागेन।कसम!

नेपालबाट आमाले लान्द्रुक सिधाने तिरका भिरमौरीको मह सिसामा पठाए झै लायो।प्रियसीले लप्सिको अचार पठाए झै लायो।यो खाॅदा म नेपालमै छु भन्ने अनुभुति दिलायो।उस्तै सिसिमा आएको यो अचारको स्वादले भावनाका छालहरु तरङ्गित भैरहेका छन।थेक्पे(हुलाक)मार्फत ४सय किलोमिटर टाढा सउलदेखि पकाएको भोलीपल्टै ख्वान्जु आईपुगेको अचार देख्तैमा मुखमा पानि बगेको थियो।जतन गरेर फ्रिजमामिलाएर राॅखे।मिठो चोखो एक्लै चाखेर मजै नआउनी नेपाली पाराले घप्लक्कै ॲठ्यायो।नजिकैका भाईहरुलाई लौन आज मेरोमै बसम भने।काम सकेपछि काॅ जाम काॅ जाम हुनि टिनएजर भाईहरुले ५मिनटमै अवसरको सदुपयोग गर्दै आईहाले।

हाईहेलो पछि एउटाले फ्रिज खोली हाल्यो।के छर बोलाए बुढाले?उस्को ॲाखा झ्याप्पै थ्रि सिसिमा पर्यो।कोरियन अक्षर को बाॅया साईटमा पुजा रेष्टुरेन्टको लोगो देखेपछि उस्ले सोध्यो दाई यो के हो?मैले भने सुकौटी अचार।मैले केटाहरुलाई सरप्राईज दिउॅला भनेको झन स्टार्टिङमै जानाकारी दिनुपर्ने बाध्यता आईलायो।रामोराम !केहि लुकाउन सक्तिन ।मनमनै गुनगुनाए।आज दरो खम्बे हान्नु पर्छ।फ्रिजको चारैतिर हेर्दै एउटाले भन्यो।धत्तेरी एत्रा घराॅ जाॅड छैन अर्कोले भन्यो।हाम्राॅ घरॲा काॅहा हुन्छतनि?म बाहुन टोपलिॅए।तिमिहरुले भुटन ठिक पार।शुभ कार्यमा ढिलो गर्नु हुदैन।ल म हिडे पेङदोङतिर ।ढुईयॅ स्कुटर चढेर कान्छो भाई हुॅईकियो।अरु सलादका आईटम बनाउन तिर लागे।नेपाली सुकौटी अचारले ल्याएको जाॅगरलाई सदुपयोग गर्ने हो भने देस बिकास तिब्र गतिमा हुनि थियो।गालामा हात राखेर म एकछिन घोरिएं।

सवै परिकार तयारी गरेर भुईमै सॅयौ थुङगा फुल झैॅ गोलाकार आसनमा बस्यौ।अगाडिको सुकौटीलाई हेर्दै पाॅचथरका लिम्बुले भन्यो।आवुई!तोङवा संझियो।पोखराको गुरुङले नारी पा खानपाए कम्ति मिठो हुदैन भन्यो।म्याग्दीको मगरले टुकुचे ब्राण्डसॅ टुच्च लाउनी कुरा ब्यक्त गर्यो।बाग्लुङको थापाले अझ यसमा भाॅगो चटनी हुनी भा भनेर ओठ पडकायो।स्याङजाली लिखुरे बाउन भाईले आम्मा हो !मासुको पनि अचार हुॅदो रच भनेर आश्चर्य प्रकट गर्यो।आज खानि भईस।च्याउ खाए झै मुख नउक्काएस।अर्कोले भयङ्कर झटारो हान्यो।सवैको हाॅसोको फोहोरा छुट्यो।स्याङजालीले म तिर पुलुक्क हेरेको थियो।मैले उस्लाई सान्त्वना दिने माहोल थिएन।गाई गोरु कुकुर बिरालो नभए हामि नेपालीलाई चल्छ बाबु।ढुक्क होउ! ति होईनन भनेपछि भाईले पोजिसन मिलायो।

ए !ए !मलाई सोमरस नहाल है।मैले सोमरस भन्ने चिजलाई तिनिहरु सोजु भन्छन।जुन हरियो बोत्तलमा हुन्छ।ॲह मलाई चल्दैन।मलाई क्यस मेक्चु जुस हाल।किन ?कसरी ?कसैले भनेनन।मैले मेरो नाईट डियुटी छ अनि मलाई संचो पनि हुदैन।जिउलाई सुवेन भनेर पहिल्यै सुनाॅए।यो कसरी आयो दाई!एउटाले सोध्यो।सउलदेखि खुवान्जु सम्म बाटबाटै हिडेर आयो।मैले ठट्टयौलो जवाफ दिए।ल शुरु गरौ?गरौ गरौ भनेर एक आपसमा खम्बे (चियर्स) गरियो।आवाज ठुलै आयो।मुख्य आकर्षण सवैको अचार नै थियो।सवैले एक सट लाएर अचार खाई सकेपछि मैले सोधे।कस्तो लायो कोरियामा बनेको नेपाली अचार?सप्पैले बुढी औला ठडयाएर भेरी गुडको संकेत गरे।मसलाको सम्मिश्रण देखि लिएर पियोर नेपाली स्वादमा बॅदेलको मासुनै भएको निष्कर्ष निकालेर पहिलो चरण सकियो।

दोस्रो चरणको शुरुवातमा पिरो भएको अनुहार सहित एउटा भाईले सोधिहाले।दाई एति मिठो परिकार बनाउनी को होला?अरे यार !लटरपटर मानिसले यस्तो मिठो बनाउन सक्छन?तिमहरुले गैरआवासिय नेपाली संघ एनआरएनको अध्यक्ष भैसकेकि समाज सेवि पुजारेष्टुरेन्ट थकाली भान्साघरकि संचालक लक्ष्मि गुरुङ दीदीले बनाउनु भएको हो।मैलै यो बनाउॅदैको उॅहाको लाईभ भिडियो देखाई दिए।अचारले सोजुको मात्रा हुवात्तै बढाएको थियो।अर्को एउटा भाईले घर काहाॅ होला भन्यो।मैले भने सवै बायोग्राफि त मलाई नि थाहा छैन।हिमालपारीको पवित्रभुमि मनाङमा जन्मघर र अन्नपुर्ण पदमार्गको ढोका लालीगुराॅस फुल्ने कास्किको धम्पुस गाॅउ उनको कर्मघर हो अरे भन्नि सुनेको छु।मैले नि खासै भेटेको छैन।उनको होटल दोङदेमुनमा ४छाक खाना खाए तर फेसबुक बाहेक भेटघाट जुरेको छैन।मैले यथार्थ बकेपछि सवैले टाउको हल्लाए।सवैले साथि बनाउनु कोरियमा सुख दुखमा काम लाग्नी मान्छे हुन भनेर सुझाव दिन पनि भ्याॅए।

सॅधै साहुको कचकच,गर्लफ्रेन्डको गुनासो,नेपालका भ्रष्ट नेता राजनीति,कोरियाको बिकास ,कोरनाको त्रास जस्ता सदबाहार हट बिषयलाई उछिनेर जमघट सुकौटि अचारकै बिषयमा लामो समय केन्द्रित भएकोमा म अचम्मै थिए।यो अचारका फाईदा बेफाईदाका बारेमा अनेक बहस भए।अन्त्यमा २ वटा कुरामा छलफल मोडियो।एक नंवरमा यो अचार कोरियामा नेपाली राष्ट्रियताको प्रतिक हो।नेपालीको पहिचान हो।राष्ट्रियता केवल कालापानी सुस्ता र भारतलाई गाली गर्नु मात्र होईन।नेपाली पनको प्रसंसा र प्रवद्वन गर्नु पनि हो।दोस्रो बिश्व आतङकित पार्ने कोरना बिरुध्द मौलिक नेपाली अस्त्र पनि यो अचार हुन सक्छ।किनभने हाम्रा पुर्खा नेपालीले ढुङगा मुढाको भरमा साम्राज्यबादीलाई नेपाल पस्न नदिएको ईतिहास छ।कतै यहि अचारमा मिसाईएका बेसार,अकवरे खुर्सानी,अदुवा,मेथि,जिरा,धनिया लगायतका मरमसला युक्त सम्मिश्रण गरेका कुराहरुनै कोरना बिरुध्दका ठुला हतियार हुन सक्छन।जमघटको छलफलको दायरा ईन्टरनेसनल स्तरमा जाॅदै थियो।मलाई भने १सिसि सकिएर अर्को आधा पनि सकिएकोमा चिन्ता थियो।दिन्न भन्न सकिने अवस्था थिएन।सलाद र चिकनमा जोड दिन आग्रह गरें।यहि परामा जानि हो भने ३सिसि अचार आजै फाॅक हुनि निश्चित भयो।

मैले ठिटहरुको अनुहार हेरे।बाग्लुङका टेकबाहादुर थापाको अनुहार मार्फा स्याउ झै रातो देखिएको थियो।हरिया बोत्तलहरु यत्रतत्र छरिएका थिए।पाॅचथरका सुरेन्द्र भाई हेर्दा पातलो देखिने तर नियमितको जिमले बनाएका पाॅसुला देखाॅउदै ओई कोरना आईजा !च्यालेन्ज!हाम्रो ईम्युनिटी पावर देख्याछस?नेपाली र नेपाली अचार हो भनेर कोरनालाई खुल्ला चुनौती दिदै थिए।कोहि एति चोखो एति मिठो दिउॅला तिम्लाई मॅया भनेर अचारकै प्रसंसाका गित गाउन थाले।यो रंगिन माहोललाई सुरक्षित अवतरण गराउनु मेरो कर्तव्य थियो।मैले स्टप भएको घोषणा गरे।भाईहरु मानेकै थिएनन।मेरो डिउटी शुरु हुनि बेला भएर हो भनेपछि मत्थर भए।धुम्रपान गर्ने निउॅमा सवैलाई बाहिर निकाल्न सफल भॅए।सवैले खुव स्वादिलो गरी धुम्रपान गरे।१/२ जनाले बाॅकि सिसि माग गरे।पैसा कति हो भनेर मानवन मानवन मिल्काउन थाले।यो त मलाई नि थाहा छैन।सवैलाई पुग्दैन।बरु आईतबार फेरी बसौला।एतिभनेपछि डेडसिसि अचार जोगियो।उनिहरु आफ्नो गन्तव्यमा जाॅदाजाॅदै लक्ष्मि दीदी जिन्दावाद!नेपाली एकता जिन्दावाद!कोरना मुर्दाबाद!नेपाली सुकौटी अचार जिन्दाबाद भन्दै अगाडि बढेको धेरैबेर सम्म कानमा गुन्जिरह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *